
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा संचालनमा
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक २१ घण्टा सञ्चालनमा आएको छ ।
विगत ३ महिनादेखि दैनिक १० घण्टा बन्द हुँदै आएको विमानस्थल आजदेखि पूर्ववतरुपमै सञ्चालनमा आएको हो ।

३ हजार मिटर लामो धावन मार्गमा नयाँ कालोपत्र गर्ने काम सकिएसँगै दैनिक २१ घण्टा नै विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
विमान उड्नु अगाडि प्रयोग गर्ने मार्ग र विमानस्थलको भित्रि सडकको निर्माणको काम भने २ महिनापछि सुरु गरिने छ ।
झन्डै ४० वर्षपछि देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलको धावनमार्गमा नयाँ कालोपत्रे गर्ने भन्दै तीन महिनाका लागि विमानस्थल १० घण्टा बन्द गरिएको थियो ।
जसका कारण राति १० बजेदेखि बिहान ८ बजेसम्म कुनै पनि उडान हुन पाएका थिएनन् ।
चिनियाँ निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिइएको उक्त धावनमार्ग कालोपत्रेको काम तोकिएकै समयभित्र सकिएको अधिकारीहरूको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अब बिहान ६ बजेदेखि अर्को बिहान ३ बजेसम्म दैनिक अर्थात २१ घण्टा विमानस्थल सञ्चालनमा ल्याइने बताए ।
त्रिभुवन विमानस्थलमा दैनिक औसत ४ सय पटक उडान र अवतरण हुने गर्दछन् ।
नयाँ कालोपत्र गरिएसँगै कम्तिमा अबको १० वर्षका लागि विमानस्थलमा विमान उडान र अवतरणमा हुँदै आएका समस्या अन्त्य भएको दाबी विमानस्थल कार्यालयले गरेको छ ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26