ताजा खबर

त्रिशूलीमा बस खस्यो, तीन जनाको मृत्यु, १२ जनाको उद्धार

   २४ श्रावण २०७६, शुक्रबार ०८:२७      1,399 views

धादिङ । सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते १२ जनाको उद्धार गरिएको प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए । बसमा कति यात्रु थिए भन्ने यकिन हुन सकेको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन् । अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284