ताजा खबर

थाकहिलमा सुविधा सम्पन्न पिक्निक स्पोट बन्दै, सांसद अधिकारीद्धारा थाक हिल पर्यटन मार्गको उद्घघाटन

   ९ फाल्गुन २०७५, बिहीबार ११:३५      3,106 views

मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङको सहयोगमा


कास्कीको पटर्यटकीय स्थल थाक हिल अन्तर्गत सिल्दु महिपोलो सडक मार्गको संघिय सांसद खगराज अधिकारीले उद्घघाटन गर्नुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले एक समारोहका विच केही हप्ता अगाडी मात्रै निर्माण सम्पन्न भएको सडकको उदघाटन गर्नुभएको हो ।

करिब ३ कि.मि. लम्बाई रहेको उक्त सडकको उदघाटन गर्दै सांसद अधिकारीले यसक्षेत्र पर्यटनको लागि उपयुक्त ठाउँ भएता पनि प्रचार प्रसार नहुनाले अहिले सम्मपछि परेको भन्दै थाक हिलको यस पर्यटकिय सडक र थाक ताराहिल सिक्लेस पदमार्ग तथा थाक होम स्टेले आउने दिनमा थाक गाउँमा पर्यटकको ओईरो लाग्ने वताउनुभयो ।

यस्तै कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले थाक सिक्लेस प्रवेशद्धार भएको भन्दै प्रकृति र संस्कृतिले नेपाल संसारकै नमुना मुलुक रहेको वताउनुभयो ।
मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)ले गाउँपालिकाले पर्यटन, कृषी र जल स्रोतलाई सहि ढंगले परिचालन गरि मादीको जनताको समृद्धि गर्न गाउँपालिका लागि परेको भन्दै पर्यटनको गुरुयोजना र डिपिआर तयार भएको बताउनुभयो ।

साथै उहाँले घडेरी डाँडाबाट पोखराको फेवाताल लगायत सम्पूर्ण मादी गाउँपालिका सहित कोरी, क्होला साेंथर तथा विभिन्न हिमालहरु नजिकबाट होरिजेन्टल लाईनमा पर्ने भएकोले यस क्षेत्रको पर्यटनले यहाँको जनताको आर्थिक उन्नति हुने बताउनु भयो ।

कार्यक्रममा मादी ७ का वडा अध्यक्ष लालबहादुर गुरुङ, टानका पयर्टन पदमार्ग संयोजक विकास गुरुङ, जनकल्याण समाज थाकका अध्यक्ष ईन्द्रबहादुर गुरुङ, थाक आमा समुहका अध्यक्ष उर्काशी गुरुङ, काहुँखोला दुधपोखरी यातयात समितिका सचिब बेलबहादुर बिश्वकर्मा, नेकपाका युवा नेतादुर्गा बहादुर गुरुङ, थाक हिल पर्यटन बिकास समितीका विदेश बिभाग प्रमुख कमला गुरुङ, ईन्जिनियर देउकाजी गुरुङ लगायत गाउँबासीको उपस्थिती रहेको उक्त कार्यक्रम सडक मार्गका अध्यक्ष शेरबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।


थाक हिल पर्यटन विकास समितिका अध्यक्ष बालकृष्ण गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा सहभागी अतिथीहरुले घडेरी डाँडा, मैपोलो मन्दिर, पुन निर्माण हुँदै गरेको पोखरी, सिल्दु, देउराली लगायत त्यसक्षेत्रका पर्यटकिय गन्तव्यहरुको स्थलगत अबलोकन समेत गरेका थिए ।

यसैबीच मैपोलो मन्दिरको पुरानो स्वरुप नबिगार्ने गरि नयाँ मन्दिर निर्माण गर्ने, भौतिक पुर्बधारहरु पानी टंकी, शौचालय, किचन, टवर निर्माण गर्ने योजना रहेको र हाल थाक चुँलु ह्रो कोने परिवारको चेलिवेटिबाट पुनः निर्माण गरि रहेको सो पोखरीको यहि आउँदो चैत महिनाको पहिलो साता उद्घाटन गरिने समेत समिति ले जनाएको छ ।

युकेमा रहेको थाक मौलाबासीबाट युके समाजका समितीका अध्यक्ष बाला गुरुङ (विष्णु)को पहलमा गेट, बस पार्क लगायत निर्माण गर्नका लागि सहयोग जुट्दै गरेको वडा अध्यक्ष लालबहादुर गुरुङले जानकारी दिनुभयो ।


यसका अलाव अन्य भौतिक पुर्बधार र सडक निर्माणको खर्च जुटाउन अहिले अर्थ संकलनको काम भईरहेको समितीका विदेश विभाग प्रमुख कमला गुरुङले जानकारी दिनुभयो ।


हरेक चैत्र महिनको पहिलो मंगलबार दर्शन गर्न आउने दर्शनार्थीहरुको भीड लाग्ने यसक्षेत्रबाट तारा हिल, पोर्मी, सैनिडाँडा, सोझा कुना, सिल्दु देउराली, पानीघाटको युम्दु र नागढुङगा, मुसरबारी गुफा, नौलेडाँडाको झाँक्री थान, छाचोकको फुल च्हो, ओख्लाङ डाँडा, बिराल डाँडाक, गुतेश्वर गुफा लगायतका पर्यटकिय स्थलहरु देख्न सकिन्छ ।

थाक हिल पिक्निक स्थल पदमार्ग र गाडी दुबैबाट छुटा छुटै बाटो हुँदै जान सकिन्छ ।
आगामी चैत्र पहिलो मंगलबारबाट सो पदमार्ग सुचारु गर्ने योजना रहेको थाक हिल पर्यटन बिकास समितीका अध्यक्ष बालकृष्ण गुरुङले बताउनु भयो ।


साथै उहाँले एकैदिन २० वटा पिक्निक समुहसम्म धान्न सक्ने गरि भौतिक पुर्बधार निर्माण हुँदै गरेको र अहिलेबाटै पिक्निकको लागि बुकिङ सुरुभएको समेत बताए भयो । थाक हिल जान पोखराबाट मात्र १ घण्टामा नै गाडीबाट सहजै पुुग्न सकिन्छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284