ताजा खबर

थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको उदघाटन सम्पन्न

   १२ बैशाख २०७८, आईतवार २१:३४      2,143 views

कास्कीको मादी गाउँपालिका वडा नं. १० मा निर्माण भएको थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रको आज संघीय सांसद एवम पुर्व स्वास्थ्य मन्त्री खगराज अघिकारीले उदघाटन गर्नुभएको छ ।

गाउँपालिकाको पूर्वी क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापना भएको स्वास्थ्य केन्द्रमा आजैबाट एम्बुलेन्स सेवा र आर्युवेद सेवा केन्द्र समेत सुचारु भएको छ ।


कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले विकास निर्माणको काममा जनता र सबै पार्टीका प्रतिनिधीहरुले साथ दिएर जनप्रतिनिधीको मनोबल बढाउने काम गर्नुपर्ने बताउनुभयो । आफूलाई जनताले काम गर्नको लागि जिताएको भन्दै उहाँले जनताले खराब प्रवृत्तिको विरोध गर्नुपर्ने तर राम्रो काममा सबैले उत्साहप्रद रुपमा सहयोग र हौसला दिनुपर्ने बताउनुभयो ।


अहिले नेपालमा ठेकेदारहरुले काम अलपत्र पार्ने प्रवृत्ति बढेको भन्दै उहाँले कतिपय योजनाहरु ठेकेदारकै कारण सम्पन्न गर्न गाह्रो भएको बताउनुभयो ।
स्वास्थ्य केन्द्रबाट दिइने सेवा सुविधामा कसैलाई कुनै भेदभाव नगरिने समेत उहाँको भनाई रहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले स्वास्थ्य केन्द्रले जनतालाई दिगोरुपमा सेवा दिन सफल होस् भन्दै कामना गर्नुभयो ।


साथै उहाँले यसअघि जति नेतालाई चुनाव जिताएर पठाएपनि मादीको बाटो, पुल, स्वास्थ्य केन्द्र, विद्यालय लगायतको पुर्वाधार निर्माण गर्न आफुहरु नै आउनु परेको बताउदै विकासमा कसैले बाधा नपुरयाउन आग्रह गर्नुभयो ।

यस्तै मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले अबको राजनीति जनतालाई ढाँटेर अघि बढ्न असंभव रहेको भन्दै आफुहरु जनताको विश्वास जितेर अघि बढने बताउनुभयो ।


थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पताल बनाउन आफुहरु लागे पनि प्राविधिक कारणबस त्यसो गर्न नसकिएको भन्दै स्वास्थ्य केन्द्रबाट दिने सेवा र सुविधा भने अस्पतालकै गुणस्तरमा हुने बताउनुभयो ।


करिब १३ करोडको लागतमा निर्माण भएको सो स्वास्थ्य केन्द्रमा ४६ वटा कोठाहरु रहेका छन । ३ जना डाक्टर सहित सेवा दिने सो केन्द्रमा ल्याब, एक्सरे, आकस्मिक सेवा लगायत आर्युवेद र एम्बुलेन्स सेवा समेत सुरु भएको केन्द्रले जनाएको छ ।


मादी १० का वडा अध्यक्ष एवं स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद गुरुङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284