ताजा खबर

दशौ पोखरा महोत्सवलाई पोखराका संघ संस्था तथा महिला समुहको साथ

   २१ पुष २०७६, सोमबार १६:५८      1,108 views

अगामी पुसको २९ देखी माघको १२ गते सम्म पोखराको अमरसिंह चौरमा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई पोखराका संघ सस्था तथा महिला समुहको साथ रहने भएको छ ।

युनाईटेड क्लवको आयोजनामा हुने दशौ संस्करणको पोखरा महोत्सवलाई सभ्य र भब्य रुपमा सफल बनाउन पोखरामा रहेका आमा तथा महिला समुह, टोल बिकास संस्था, संघ सस्था, बुद्धिजिवी, समाजसेवी, नागरिक समाजले सहयोग गर्ने भएको हो ।

हालै सम्पन्न भेलामा सहभागीहरुले सामाजिक कामबाट पोखरामा अग्रणी स्थानमा रहेको युनाईटेड क्लवको पोखरा महोत्सवलाई आ आफ्नो ठाउबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन । सो अवसरमा वोल्दै दशौ पोखरा महोत्सवको झांकी ¥याली ब्यवस्थापन उपसमिती संयोजक पवित्रादेवी गुरुङले विगतका महोत्सवहरुमा जस्तै यो पटकको महोत्सवमा पनि पोखरामा रहेका संघ सस्था, आमा समुह, महिला समुह लगायतको झांकी तथा र्याली हरुलाई सहयोग गर्नका लागि आग्रह गर्दै सम्पूर्ण संघ सस्थाहरु, महिला तथा आमा समुहहरु संग समन्वय गरिरहेको वताइन ।

त्यस्तै महोत्सवका संघ सस्था समन्वय उपसमिति संयोजक सिमा गुरुङले पोखरा महोत्सवको आयोजना गरि युनाईटेड क्लवले पोखरा र आसपासका क्षेत्रमा सामाजिक काम गर्दै आइरहेकाले पनि पोखरामा रहेका संघ सस्थाहरुलाई पोखरा महोत्सवलाई भब्य र सभ्य रुपमा सफल वनाउनका लागि सहयोग गरिदिनका लागी संघ संसाथहरु संग समन्वय गरिरहेको र उहांहरुको साथ रहनेमा आफु ढुक्क रहेको वताइन ।

महिला तथा आमा समुह परिचालन उपसमिति संयोजक शान्ति सुवेदीले पोखरा महोत्सवलाई पोखरा महानगरभित्रका महिला तथा आमा समुहहरुलाई पोखरा महोत्सवलाई सफल बनाउनका लागी सहयोग गरिदिनका लागी आफ्नो उपसमितीले सहयोगको अपेक्षा सहित समन्वय गरिरहेको वताइन ।

अन्तरक्रिया कार्यक्रममा पोखरामा रहेका विभिन्न संघ सस्था, महिला तथा आमा समुह, टोल बिकास संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरुले अघिल्लो संस्करणको पोखरा महोत्सवलाई जस्तै दशौ पोखरा महोत्सवलाई समेत अघिल्लो संस्करणमा जस्तो पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284