ताजा खबर

दिलसराले झ्याउरे गीत नृत्य प्रतियोगिता आयोजना गर्ने

   २ श्रावण २०८१, बुधबार २१:५०      395 views

मगर संस्कृतिमा आधारित आदिवासी चलचित्र ‘दिलसरा’ ले झ्याउरे गीत नृत्य प्रतियोगिता २०८१ गर्ने भएको छ । चलचित्रमा समावेश गरिएको झ्याउरे गीत ‘लै माया’ मा प्रतियोगिता आयोजना गर्न लागिएको चलचित्र टिमले जानाएको छ ।

मगर संस्कृतिको विषयमा नयाँ पुस्तालाई जानकारी प्रदान गर्ने, संस्कार जोगाउन प्रोत्साहन गर्ने उद्देश्यले झ्याउरे नृत्य प्रतियोगिता आयोजना गर्न लागिएको कथाकार तथा निर्माता जुना थापाले बताइन् । प्रतियोगिता फेसबुक ग्रुप ‘मगर संसार फोटो ग्यालरी’ पेजमा यही साउन १२ गतेबाट हुने र ग्रुपमा आबद्ध सदस्यले सहभागिता जनाउन पाउने छन् । खुल्ला नृत्य प्रतियोगितामा सहभागी हुन कुनै उमेर हदबन्दी लागू नभएको थापा मगर जानकारी दिएकी छिन् । उनका अनुसार पहिलो र दोस्रो गरी २ चरणमा हुने प्रतियोगिताका लागि कुनै ड्रेस कोड हुने छैन र एकल या समूहगत गरी सबै प्रकारका नाच मान्य हुने छन् । पहिलो चरणको प्रतियोगिताका लागि साउन १२ गते बिहान ८ बजेबाट १९ गते राति ८ बजेसम्म मगर संसार फेसबुक ग्रुपमा भिडियो पोस्ट गर्नुपर्ने छ । उनले भनिन्, “भिडियो १ मिनेटभन्दा माथि हुनुपर्ने र फेसबुक ग्रुपमा पोष्ट गर्दा सहभागीले आफ्नो नाम, ठेगाना लगायतका जानकारी अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने छ ।’ सहभागी मध्येबाट ३० जनालाई फाइनलका लागि छनौट गरिने र प्रतियोगिताको पहिलो चरणको छनौट प्रक्रियाका लागि जजका रुपमा चलचित्र ‘दिलसरा’ टिम रहने आयोजकले बताएको छ ।

अन्तिम ३० मा छनौट भएका प्रतियोगीको नाम साउन २० गते बेलुका ७ बजे फेसबुक लाइभ र पोस्ट मार्फत् सार्वजनिक गरिने छ । छनौट भएका ३० जनाबीच उपाधीका लागि साउन २६ गते बिहान ८ बजेबाट प्रतिस्पर्धा हुने फिल्मका निर्माता हर्क आले मगरले जानकारी दिए । सहभागीले अनिवार्य रुपमा युट्युब च्यानल ‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ लाई सब्सक्राइब गर्नुपर्ने आलेले बताए । “पोस्ट रिच तथा भोटिङको आधारमा नतिजा सार्वजनिक गरिने छ । अन्तिम ३० मा छनौट भएका प्रतियोगीले २ मिनेटभन्दा बढी समयको भिडियो बनाउनुपर्ने र साउन ३२ गतेसम्म प्रतियोगीलाई भोट गर्न सकिने छ ” आलेले बताए “प्रतियोगितामा कुनै विवाद आए आयोजकको निर्णय नै अन्तिम निर्णय हुने छ । सहभागिताका लागि कुनै प्रश्न वा जिज्ञासा छन् भने फेसबुक ग्रुपका एड्मिनलाई म्यासेजमार्फत प्रश्न सोध्न सकिने छ ।

प्रतियोगिताको अन्तिम नतिजा साउन ३२ गते राति ८ बजे फेसबुक लाइभमार्फत् सार्वजनिक गरिने चलचित्र मगर संसार फोटो ग्यालरीका अध्यक्ष अनिल लामिछाने मगरले बताए । प्रतियोगितामा प्रथम हुने सहभागीले नगद ९ हजार, दोस्रोले ६ हजार तथा तस्रोले ३ हजार नगदसहित सम्मानपत्र प्राप्त गर्ने छन् साथै प्रतियोगितामा सहभागी सम्पूर्ण प्रतिस्पर्धीले चलचित्र निशुल्क हेर्ने मौका पाउने व्यवस्ता रहेको आयोजकले बताएको छ ।

प्रेम थापा मगर कार्यकारी निर्माता रहेको मगर संस्कार तथा संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ यही भाद्र ३ गते पोखराको सभागृह हलमा पुर्वान्ह ११ बजे प्रर्दशन हुँदै छ । अशोक आले मगरको निर्देशन तथा क्यामरामा ‘मेनेको फिल्म्स एण्ड मिडिया हाउस’ को प्रस्तुती रहेको चलचित्रमा निर्माताका रुपमा हर्क आले मगर, जुना थापा मगर तथा मिना थापा मगर रहेका छन् । त्यस्तै चलचित्रमा कथा जुना थापा मगर र स्क्रिप्ट मिना थापा मगरको रहेको छ । चलचित्रमा नृत्य निर्देशकका रुपमा केशव आले मगर रहेका छन् । साथै सृष्टी राना मगर, कल्याण राना मगर, सुस्मिता पुन मगर, मिन पुन मगर, खड्गबहादुर पुन मगर (खबपु), गुना थापा मगर, भीमसरा घर्ती मगर, टेक पुर्जा पुन, सुनमाया थापा मगर, ओम विरकट्टा मगर र ओम श्रीष मगरको अभिनय रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284