
दुवै खुट्टा नचल्ने सन्सराम सार्कीलाई दुवईमा रहेका खिलाङबासीको आर्थिक सहयोग
कास्कीको मादी गाउँपालिाका वडा नं १ खिलाङ मैला कुना निवासी सन्सराम सार्कीलाई दुवईमा रहेका खिलाङबासीले २९ हजार ८ सय ९५ रुपैंया आर्थिक सहयोग गरेको छ ।

विगत ७ महिनादेखि दुवै खुटा नचलेपछि हिडडुल गर्न र काम गरेर खाना गाह्रो भएको भन्दै उहाँलाई उपचारमा सहयोग पुरयाउने उद्देश्यले सो सहयोग गरिएको मादी १ का वडा सदस्य टिकाराम गुरुङले जानकारी दिनुभएको छ ।
खिलाङ समाज पोखरामा भएको एक भेटघाट कार्यक्रम मार्फत समाजका कार्य समितिका सदस्यहरु तथा युवा समितिका सदस्यहरुको छलफलबाट विरामीका परिवारको रोहोबरमा सो रकम प्रदान गरिएको हो ।
अहिले सो रकमले तत्काल प्राथमिक उपचार गर्न सहयोग पुग्ने र रोग पत्ता लागेपछि डाक्टरको सिफारिस पत्रको आधारमा थप उपचारको लागि खिलाङ समाज पोखरा तथा विदेशका विभिन्न ठाउँमा रहेका खिलाङबासीको तर्फबाट थप सहयोग उपलब्ध गराईने खिलाङ तमू समाज पोखराका अध्यक्ष क्या.गणेश गुरुङले जानकारी दिनुभएको छ ।
३५ वर्षिया सन्सराम सार्की २ जना छोरीहरु र श्रीमतीका साथ हाल पोखरा बस्दै आउनुभएको छ । घर मुली विराम भएपछि सार्कीका श्रीमतीले रामघाटमा बालुवा बोकेर श्रीमान र छोरीहरुको पालन पोषण गर्दै आउनुभएको छ ।
विरामी हुनुअघि सन्सरामले पोखराबाट पाउरोटी र केक तथा गाउँघरमा फल्ने क्राँक्रो लगायतको तरकारी गाउँ गाउँमा लगेर विक्री गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26