ताजा खबर

दुवै खुट्टा नचल्ने सन्सराम सार्कीलाई दुवईमा रहेका खिलाङबासीको आर्थिक सहयोग

   ७ चैत्र २०७५, बिहीबार १६:४९      2,866 views

कास्कीको मादी गाउँपालिाका वडा नं १ खिलाङ मैला कुना निवासी सन्सराम सार्कीलाई दुवईमा रहेका खिलाङबासीले २९ हजार ८ सय ९५ रुपैंया आर्थिक सहयोग गरेको छ ।

विगत ७ महिनादेखि दुवै खुटा नचलेपछि हिडडुल गर्न र काम गरेर खाना गाह्रो भएको भन्दै उहाँलाई उपचारमा सहयोग पुरयाउने उद्देश्यले सो सहयोग गरिएको मादी १ का वडा सदस्य टिकाराम गुरुङले जानकारी दिनुभएको छ ।


खिलाङ समाज पोखरामा भएको एक भेटघाट कार्यक्रम मार्फत समाजका कार्य समितिका सदस्यहरु तथा युवा समितिका सदस्यहरुको छलफलबाट विरामीका परिवारको रोहोबरमा सो रकम प्रदान गरिएको हो ।


अहिले सो रकमले तत्काल प्राथमिक उपचार गर्न सहयोग पुग्ने र रोग पत्ता लागेपछि डाक्टरको सिफारिस पत्रको आधारमा थप उपचारको लागि खिलाङ समाज पोखरा तथा विदेशका विभिन्न ठाउँमा रहेका खिलाङबासीको तर्फबाट थप सहयोग उपलब्ध गराईने खिलाङ तमू समाज पोखराका अध्यक्ष क्या.गणेश गुरुङले जानकारी दिनुभएको छ ।


३५ वर्षिया सन्सराम सार्की २ जना छोरीहरु र श्रीमतीका साथ हाल पोखरा बस्दै आउनुभएको छ । घर मुली विराम भएपछि सार्कीका श्रीमतीले रामघाटमा बालुवा बोकेर श्रीमान र छोरीहरुको पालन पोषण गर्दै आउनुभएको छ ।


विरामी हुनुअघि सन्सरामले पोखराबाट पाउरोटी र केक तथा गाउँघरमा फल्ने क्राँक्रो लगायतको तरकारी गाउँ गाउँमा लगेर विक्री गरी परिवारको गुजारा चलाउँदै आउनुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284