ताजा खबर

देशले राजनैतिक स्थायित्व र समृद्धि चाहेको छ : प्रदेश प्रमुख शेरचन

   ५ माघ २०७७, सोमबार १२:२२      1,043 views

गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले देशले स्थायी शान्ति, राजनैतिक स्थायित्व र समृद्धि चाहेको बताउनुभएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शेरचनले देशमा स्थायित्व भएमात्र समृद्धिको परिकल्पना पूरा हुने धारणा राख्नुभयो ।


प्रदेश प्रमुख शेरचनले सबै नागरिकको राष्ट्रिय एकताले मात्र राष्ट्रिय अखण्डताको रक्षा र विदेशी हस्तक्षेपलाई रोक्न सकिने बताउनुभयो । लोकसंस्कृति देशको धरोहर रहेको भन्दै उहाँले कलाकारले मनोरञ्जनका लागि मात्र नभइ विभिन्न समयमा जनतालाई सचेत बनाउन समेत गीत गाएको बताउनुभयो ।

गण्डकी प्रदेश नेपाली लोकसंगीतको उद्गम र उर्वर भूमि समेत रहेको भन्दै प्रदेश प्रमुख शेरचनले लोकगीतले देशमा मात्र नभइ विदेशमा समेत नेपालको पहिचान गराएको उल्लेख गर्नुभयो ।

दोहोरी गीत गाउनु सजिलो विषय नभएको भन्दै उहाँले दोहोरी कलाकारहरू अद्भूत प्रतिभाका धनी भएको धारणा व्यक्त गर्नुभयो । गायक, गायिका र कलाकारका समस्या समाधानका लागि आफूले सक्ने पहल गर्न तयार रहेको भन्दै प्रदेश प्रमुख शेरचनले आफ्नो अधिकारभित्र रहेर कलाकारका समस्यालाई राज्यको तर्फबाट सम्बोधन गराउन पहल गर्ने समेत आश्वासन दिनुभयो ।


कार्यक्रममा स्व. नरबहादुर परियार स्मृति पुरस्कारबाट वरिष्ठ लोकगायिका धनकुमारी थापा र स्व. तीर्थसागर सुवेदी स्मृति पत्रकारिता पुरस्कार–२०७७ बाट नेपाल पत्रकार महासंघ, कास्की शाखाका अध्यक्ष दीपेन्द्र श्रेष्ठ सम्मानित हुनुभएको छ । गायिका थापा र पत्रकार श्रेष्ठलाई प्रदेश प्रमुख शेरचनले नगद, दोसल्ला ताम्रपत्रसहित सम्मान गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284