
दोस्रो टी–२०: नेपालले यूएईलाई ४ विकेटले हरायाे
यूएईविरुद्धको दोस्रो टी–२० मा नेपाल ४ विकेटले विजयी भएको छ । योसँगै नेपालले सिरिजमा १-१को बराबरी गरेको छ ।
यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले ३ बल बाँकी छँदै ६ विकेट गुमाएर लक्ष्य पूरा गर्न सफल भयो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरी र पवन सर्राफको साझेदारी महत्वपूर्ण रह्यो । पवन १८ रन बनाए आउट भए ।
यसैगरी दीपेन्द्रसिंह ऐरी ४७ रनमा नट आउट रहे ।

खराब सुरुआत गरेको नेपालले पहिलो ओभरको पहिलो बलमै पारस खड्कालाई गुमाएको थियो । टिमको खातामा ९ रन भएका बेला अर्का ओपनर प्रदीप ऐरी ८ रन बनाएर आउट भए ।
तेस्रो विकेटको रुपमा ज्ञानेन्द्र मल्ल ७ रन बनाउँदे पेभेलियन फर्किएका थिए । पारस आउट भएलगत्तै क्रिजमा आएका करण केसीले २३ बल खेल्दै २० रन बनाए ।
ज्ञानेन्द्रसँग २६ रनको साझेदारी गरेका करणले दुई चौका र एक छक्का प्रहार गरे । डेब्यु टी–२० मा अर्धशतक बनाउँदै विश्वकै कान्छो खेलाडी बनेका सन्दीप जोरा शुक्रबारको खेल्मा भने चल्न सकेनन् ।
चार बल फेस गरेका सन्दीप १ रन बनाउँदै आउट भएका थिए । पाँच विकेट गुमाँउदा ४६ रन बनाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन शर्राफले ५५ रनको साझेदारी गरेका थिए ।
आजको खबर
Follow Us
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17

उस्तै खबर





Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News
Written by Trade Shows in Iraq 2025-02-25 09:07:26