ताजा खबर

नमुना फुलवारी समाजमा पुनः लक्ष्मी गुरुङ

   २८ पुष २०७६, सोमबार १४:५०      1,165 views

पोखरा १५ स्थित श्री नमुना फूलवारी समाजको आइतवार तेश्रो बार्षिक साधारणसभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ।

अधिवशेनले सर्वसम्मत रुपले पुनः लक्ष्मी गुरुङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ। समितिको उपाध्यक्षमा पुर्णकुमारी गुरुङ, सचिवमा सियाना थापा, सहसचिवमा अञ्जली रानामगर, कोषाध्यक्षमा रेशकुमारी गुरुङ, सदस्यहरुमा आशा खाम्चा, सुनुमाया जलारी, कृष्णकुमारी दुरा र ललिता गुरुङ चयन हुनुभएको छ।

सर्वसम्मत नवनिर्वाचित कार्यसमितिको घोषणा, पद तथा गोपनीयताको सपथ ग्रहण निर्वाचन समितिका संयोजक एसआइसी पोखराका संस्थापक एजेन्सी मेनेजर रुकबहादुर गुरुङले गराउनुभएको थियो भने पत्रकार हुमबहादुर गुरुङ प्रमाणपत्र वितरण गर्नुभएको थियो।

पुनः निर्वाचित अध्यक्ष लक्ष्मी गुरुङले थप क्रियाशिल भएर समाजको नेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो भने कास्की आवाजका सम्पादक हुमबहादुर गुरुङले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

यस अघि साधारणसभा तथा अधिवेशनको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं.१५ का वडाध्यक्ष प्रकाश पौडेलले शुभकामना व्यक्त गर्नुहुदै सामाजिक विकासका लागि स्थापित संघ, संस्था समाजसँग वडा कार्यालय सहकार्य गर्ने बताउनुभएको थियो। उहाँले नमुना फूलवारी समाज वडाभरकै उदाहरणीय संस्था बन्ने अपेक्षासहित शुभकामना व्यक्त गर्नुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284