ताजा खबर

नयाँबजारको मेलामा आज उद्यमशीलताबारे परिचर्चा हुने प्रजापति,पशुपति र अविनाशले दर्शक तताउने

   २१ मंसिर २०७५, शुक्रबार ०६:५९      2,658 views

पोखरा, २० मंसिर ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघ( ध्भ्ब्ल्) मा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका उपमहासचिव चिनु गुरुङले बताउनुभयो । कार्यक्रम शुक्रबार र शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म पोखरा प्रदर्शनी केन्द्रमै आयोजना हुनेछ ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको मेला अगाडि बढ्दै गर्दा दर्शक र कारोवारमा पनि वृद्धि भएको छ । संघका महासचिव अर्जुन पोखरेलका अनुसार मेलामा रहेका घरायसी सामान तथा अन्य दैनिक उपभोेग्य बस्तुहरुको किनेमेल बढ्दै गएको छ भने मनोरञ्जनात्मक कार्यक्रमहरु पनि उत्कर्षतिर पुगेको छ । साँस्कृतिक कार्यक्रम अन्तर्गत नै शुक्रबार अर्थात मंसिर २१ गते चर्चित पप गायक अविनाश घिसिङको विशेष प्रस्तुति रहने साँस्कृतिक उपसमितिका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीले जानकारी दिनुभयो । लोकदोहोरीतर्फ प्रजापति पराजुली,पशुपति शर्मा, चोलेन्द्र पौडेल, घनश्याम रिजाल, पार्वती जिसी, सरला पाण्डे, सीता केसी, अमर धिताल, रामजी पौडेल, ज्योति लोहनी,केशव घिमिरे, लक्ष्मी सुवेदी, सीता परियारलगायतले दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् । एक्सपोमा आयोजना भएको लोकदोहारी प्रतियोगिताअन्तर्गत सुमन केसीको समूह र दोहोरी गीत प्रतिष्ठान स्याङ्जाको भीडन्त पनि शुक्रबारको आकर्षण रहनेछ । विद्यालयस्तरीय एकल तथा सामूहिक नृत्य प्रतियोगिता पनि उत्कर्षतिर पुगेकोले रोमाञ्चकता थपिएको उहाँले बताउनुभयो । चण्डिका आमा समूह, नमूना आमा समूह, नेपाल प्रहरी महिला संघ,गण्डकी प्रदेशको रत्यौली तथा तायः मचाः साँस्कृतिक झाँकी पनि महोत्सवको आकर्षण रहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284