ताजा खबर

नयाँबजार स्थित पँधेरी गुरुङ् किचन शुक्रबारदेखी पुर्ण संचालनमा आउने

   २७ मंसिर २०७५, बिहीबार ०६:५८      2,550 views


पोखरा, २६ मंसिर ।
पँधेरी हस्पिटालिटी र्सभीसेज प्रा.लिले गुरुङ समुदायको मौलिक खानाका परिकारहरु सहित पँधेरी गुरुङ् किचन संचालन गर्ने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको केन्द्रभाग पृथ्वीचोक नजिकै नयाँबजार रोडमा सुविधा सम्पन्न किचन संचालनको तयारी गरिएको संचालक मध्येका एक दुर्गा प्रसाद आचार्यले जानकारी दिनुभयो ।
किचनले स्वच्छ तथा पारिवारीक वातावरणमा ग्रहाकहरुको चाहाना अनुसार मौलिक गुरुङ् खानाका परिकारहरु पस्कने उहाँले बताउनुभयो । गुरुङ् खानाको प्रवद्र्धन गर्ने, स्वच्छ तथा स्वस्थ वातावरणमा सेवा प्रदान गर्ने, गुणस्तरीय सेवा सुविधा उपलब्ध गराउने, सेवाग्राहीहरुलाई न्यानो आतिथ्यता प्रदान गर्ने लागयतका उद्देश्यले पँधेरी गुरुङ् किचन संचालन ल्याउन लागिएको अर्का संचालक टेकनसिङ् गुरुङ्ले जनाउनुभयो । उहाँका अनुसार किचनमा स्वच्छ, स्वस्थ तथा गुणस्तरीय खाना, खाजा, विभिन्न प्रकारका बेकरी आईटम, कफि, वेवरेजहरु समेत उपलब्ध हुनेछन् । साथै विभिन्न प्राकृतिक दृश्यहरुको कलात्मक सजावटले साश्वत नेपालीपनको झल्को दिने गरि किचनमा पँधेरी र तगारो समेत निर्माण गरिएको छ । यसले मौलिक कला र संस्कृति मार्फत सिंगो नेपाल प्रवद्र्धनमा टेवा पुग्ने संचालकहरुले विश्वास लिईएका छन् ।
किचनले बिहान ७ बजेदेखी साँझ ९ बजे सम्म सेवा प्रदान गरिने छ । करिब ५० लाख बराबरको लगानी रहेको गुरुङ् किचनमा महिला पुरुष गरि १४ जनालाई रोजगारी पाएका छन् । साथै कम्पनिले निकट भविष्यमा ट्राभल एजेन्सी, होटल र हस्पिटालिटीका सम्पुर्ण सेवाहरु समेत प्रदान गर्ने लक्ष्य लिएको छ । किचन आगामी २८ गते शुक्रबार देखी पुर्ण संचालनमा आउने संचालकहरुले बताएका छन् ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284