नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’
पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् ।
त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो । तर तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरहरुमा मात्रै यहाँ व्यवसाय गरिन्थ्यो । अहिले यो मलमा दुईवटा तल्ला थप व्यवस्थित तरिकाले संचालनमा ल्याईएको छ । करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको यसका संचालक निरञ्जन वजिमयले जानकारी दिए ।
‘पोखरामा व्यवस्थित शपिङ गर्ने थलो निर्माण गर्नुपर्छ भन्ने मान्यतासहित २०४७ सालमै हामीले यहाँ सटरहरु निकालेका थियौँ । र, लामो समय सोही संरचनामा यहाँ व्यवसाय संचालनमा आएका थिए । यद्यपि समय अनुसार अपडेट आवश्यक छ भन्ने ठानेर नै हामीले यसलाई अझै ब्यवस्थित बनाएका हौँ ।’ सोमबार मलको शुभारम्भ सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा वजिमयले भने ।
पौने तीन रोपनी क्षेत्रफलमा निर्माण भएको यो मलमा हाल १ सय २६ वटा सटरहरुमा व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । सबै सटरहरुलाई १ सय ६० वर्गफिटमा बाँडिएको छ । र, ग्राहकहरुलाई हिँडडुलका लागि सजिलो होस् भन्ने हेतुले यहाँ प्रशस्तै खाली ठाउँ पनि छाडिएको छ । त्यो सँगै यहाँ किनमेलका लागि आउने ग्राहकहरुको सजिलोका लागि मल व्यवस्थापनले पार्किङको व्यवस्था पनि गरेको छ ।
‘मल भित्र छिरिसकेपछि ग्राहकहरुलाई इन्गेज गराउन त्यहाँको वातावरणले पनि महत्वपूर्ण भुमिका खेल्छ । र, हामीले मललाई अत्याधिक ग्राहकमैत्री बनाएका छौँ । जसले गर्दा यहाँ निर्धक्क भएर ग्राहकहरुले किनमेल गर्न सक्छन् ।’ मलका अर्का संचालक विवेक गुरुङले भने–‘त्यो बाहेक हामीले यहाँको व्यवसायीलाई पनि प्रमोट गर्छौँ । यहाँ व्यवसाय गर्नेले पुस्तौँसम्म सोही स्थानबाटै व्यवसाय गरिरहोस् भन्ने मानसिकताका साथ व्यवस्थापनले काम गरिरहेको छ ।’
मलमा हाल डिपार्टमेन्टल स्टोर, गहना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, फेन्सी पसलहरु, कस्मेटिक र जुत्ता पसल, सैलुन लगाएतका सुविधा छन् । र, अझै केही भिन्न शैलीका पसलहरु थपिने क्रममा रहेको मल व्यवस्थापनले जनाएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09