नयाँ व्यवस्थापनसहित पृथ्वीचोकमा खुल्यो ‘कुन्ती मल’
पोखराको पृथ्वीचोकमा नयाँ मल संचालनमा आएको छ । ‘कुन्ती मल’ नाम दिएर यसका संचालकहरुले ‘मल’ संचालनमा ल्याएका हुन् ।

त्यसो त यो मल संचालनमा आएको २०४७ सालदेखि नै हो । तर तत्कालिन समयमा एक तलाको भवनमा सामान्य सटरहरुमा मात्रै यहाँ व्यवसाय गरिन्थ्यो । अहिले यो मलमा दुईवटा तल्ला थप व्यवस्थित तरिकाले संचालनमा ल्याईएको छ । करिब १२ करोड रुपैयाँ लगानी यो मलमा थप गरिएको यसका संचालक निरञ्जन वजिमयले जानकारी दिए ।
‘पोखरामा व्यवस्थित शपिङ गर्ने थलो निर्माण गर्नुपर्छ भन्ने मान्यतासहित २०४७ सालमै हामीले यहाँ सटरहरु निकालेका थियौँ । र, लामो समय सोही संरचनामा यहाँ व्यवसाय संचालनमा आएका थिए । यद्यपि समय अनुसार अपडेट आवश्यक छ भन्ने ठानेर नै हामीले यसलाई अझै ब्यवस्थित बनाएका हौँ ।’ सोमबार मलको शुभारम्भ सम्बन्धमा आयोजित पत्रकार सम्मेलनमा वजिमयले भने ।

पौने तीन रोपनी क्षेत्रफलमा निर्माण भएको यो मलमा हाल १ सय २६ वटा सटरहरुमा व्यवसायीहरुले व्यवसाय गरिरहेका छन् । सबै सटरहरुलाई १ सय ६० वर्गफिटमा बाँडिएको छ । र, ग्राहकहरुलाई हिँडडुलका लागि सजिलो होस् भन्ने हेतुले यहाँ प्रशस्तै खाली ठाउँ पनि छाडिएको छ । त्यो सँगै यहाँ किनमेलका लागि आउने ग्राहकहरुको सजिलोका लागि मल व्यवस्थापनले पार्किङको व्यवस्था पनि गरेको छ ।
‘मल भित्र छिरिसकेपछि ग्राहकहरुलाई इन्गेज गराउन त्यहाँको वातावरणले पनि महत्वपूर्ण भुमिका खेल्छ । र, हामीले मललाई अत्याधिक ग्राहकमैत्री बनाएका छौँ । जसले गर्दा यहाँ निर्धक्क भएर ग्राहकहरुले किनमेल गर्न सक्छन् ।’ मलका अर्का संचालक विवेक गुरुङले भने–‘त्यो बाहेक हामीले यहाँको व्यवसायीलाई पनि प्रमोट गर्छौँ । यहाँ व्यवसाय गर्नेले पुस्तौँसम्म सोही स्थानबाटै व्यवसाय गरिरहोस् भन्ने मानसिकताका साथ व्यवस्थापनले काम गरिरहेको छ ।’
मलमा हाल डिपार्टमेन्टल स्टोर, गहना पसल, रेस्टुरेन्ट, ट्राभल एजेन्सी, फेन्सी पसलहरु, कस्मेटिक र जुत्ता पसल, सैलुन लगाएतका सुविधा छन् । र, अझै केही भिन्न शैलीका पसलहरु थपिने क्रममा रहेको मल व्यवस्थापनले जनाएको छ ।
आजको खबर
सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले सञ्चारकर्मीहरूको मानसिक स्वास्थ्य, सकारात्मक सोच र जिम्मेवार सञ्चारलाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार पोखरामा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न…
अझै पढ्नुहोस्Follow Us
सञ्चारिका समूह गण्डकीद्धारा ‘सञ्चारमा क्वान्टम हिलिङको महत्त्व’ विषयक अन्तरक्रिया सम्पन्न
१६ श्रावण २०८३, शनिबार २२:२८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38