ताजा खबर

नवनिर्वाचित बाँझापाटन र दुधपोखरी तमु समाजको कार्यसमितिलाई तमु धिंमा स्वागत

   १६ चैत्र २०७५, शनिबार ०९:३२      2,368 views

हुम तमु

तमु धिं नेपालले शुक्रवार क्षेत्रीय समाजका नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन एवं स्वागत गरेको हो।

पोखरा १३ स्थित बाँझापाटन तमु समाजको आगामी कार्यकालका लागि हालै पुनःनिर्वाचित कृष्णबहादुर तमुको अध्यक्षतामा गठित कार्यसमिति र महिला समितिलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाइदिदै बधाई एवं स्वागत गरिएको हो।


यसरी नै पोखरा १२ माटेपानीस्थित नाम शंसोधन गरिएको ताङतिङदुधपोखरी तमु समाजको नवनिर्वाचित कार्यसमितिलाई तमु धिं नेपालले बधाई ज्ञापन एवम स्वागत सम्मान गरेको हो। अनरेरी सुवेदार मेजर हेमप्रसाद तमुको अध्यक्षतामा गठित नयाँ कार्यसमितिलाई तमु धिं नेपालकी अध्यक्ष कर्म तमुले खादा लगाएर स्वागत गर्नुभएको हो।

तमु धिं अध्यक्ष तमुले नयाँ कार्यसमिति समाज, समुदाय र सामुदायिक एकतावद्धताका लागि क्रियाशील हुने अपेक्षा गर्नुभयो। यसै विच तमु धिं नेपालद्धारा स्थापना गरिएको आकस्मिक राहत कोषका लागि तमु सेवा समिति नयाँबजारले २५ हजार रुपैया प्रदान गरेको छ। तमु सेवा समितिका अध्यक्ष क्या.रचेबहादुर तमुले तमु धिं नेपालकी अध्यक्ष कर्म तमुलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो।

उक्त अवसरमा नयाँबजार अध्यक्ष क्या.तमुले मानव धर्म सेवा सहयोगका लागि तमु धिं नेपालद्धारा स्थापित आकस्मिक रातहकोषबाट क्षेत्रीय समाजभित्रका आर्थिक अवस्था कमजोर र सहयोग गर्नैपर्नेहरुलाई तत्कालका लागि राहत पुगोस् भनेर समाजको तर्फबाट उक्त रकम हस्तान्तरण गरेको बताउनुभयो। रकम हस्तान्तरण गर्नुहुदै उहाँले अन्य समाजहरुलाई पनि राहतकोषमा सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो। यस अघि अध्यक्ष क्या.रचेबहादुर तमुले आकस्मिक राहतकोष स्थापना गर्नका लागि शुरु मै एक लाख प्रदान गर्नुभएको थियो भने त्यसपश्चात आफन्तजनहरुबाट पनि कोषमा रकम सहयोग गर्दै आउनुभएको थियो।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284