नवलपुरकी झेंडीमगरलाई मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार
नेपाल मगर पत्रकार संघ कास्कीले सञ्चालन गर्दै आएको ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’ नवलपुरकी पत्रकार शारदा झेंडी मगरलाई अर्पण गरिएको छ ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण समितिमार्फत स्थापित मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार नेपाल मगर पत्रकार संघ कास्कीको तेस्रो अधिवेशनको अवसरमा झेंडी मगरलाई अर्पण गरिएको हो ।

उनलाई कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य तथा पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले दोसल्ला, सम्मानपत्र र नगद रु १० हजारसहित पुरस्कार अर्पण गरे ।
सो अवसरमा बोल्दै गाहामगरले मगर समुदाय शैक्षिक क्षेत्रमा कमजोर रहेकै कारण राजनीतिक तथा प्रशासनीक पहुुँचबाट पछाडि परेको धारणा राखे ।
सांसद गाहामगरले जनसंख्याको आधारमा मगर समुदाय तेस्रो समुदाय भएपनि शिक्षामा कमजोर हुँदा राज्यको नीति निर्माण तहमा पछाडि परेको उल्लेख गरे ।
‘नेपालको जनसंख्या अनुसार मगर जाति तेस्रो स्थानमा रहेको छ, जनसंख्यामा मात्र धेरै भएर भएन’, सांसद गाहामगरले भने, ‘जनसंख्याको आधारमा मात्र धेरै भएर भने, हामी शिक्षामा पनि अगाडि बढ्न आवश्यक छ । शिक्षामा कमजोर हुँदा नै हामी राज्यको नीति निर्माण तहमा पछाडि परेका छौं ।’
उनले राज्यको निर्णायक तहमा पुग्नका लागि मगर समुदाय राजनीतिमा आउनुपर्ने बताए ।
उनले मगर समुदायको मात्र नभएर आदिवासी समुदायको संस्कार –सस्कृति पुस्तातन्रण गर्न आवश्यक रहेको बताए ।
सांसद गाहामगरले मगर समुदायको भाषा संरक्षण लोप हुन लागेकाले संरक्षणमा चासो देखाउन आवश्यक रहेको उल्लेख गरेका थिए ।
यस्तै राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिताबाट पुरस्कृत शारदा झेंडी मगरले मगर समुदायको मौलिक कला संस्कृति संरक्षण र पुस्तातन्तरण हुन आवश्यक रहेको बताएकी थिइन् ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशका अध्यक्ष तथा ‘राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार–२०८१’छनौट समितिका संयोजक रुद्र श्रीस मगरको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले पत्रकार झेंडी मगरलाई यस वर्षको पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो ।
२०७५ सालमा स्थापना भएको पुरस्कारबाट यस अगाडि कमला राना मगर (नवलपुर), तिलक पुन पुर्जा (कास्की), प्रताप रानामगर (तनहुँ), मानबहादुर घर्तीमगर ‘एमबी आस्था’ (कास्की), मनोज घर्तीमगर (कास्की), खेम सारुमगर (कास्की) पुरस्कृत भइसकेका छन् ।
पुरस्कृत झेंडी मगर बुद्धदर्शन टेलिभिजनमा स्टेशन म्यानेजरको भूमिकामा रहेकी उनी रेडियो मध्यविन्दु र नवलपुर ताइम्समा सम्पादकको रुपमा कार्यरत छिन् ।
राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार मगर जातिको भाषा, कला, धर्म, रितिरिवाज तथा संस्कार–सस्कृति र कौराहा संरक्षणको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरुलाई वार्षिक रुपमा प्रदान गर्दै आएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38