ताजा खबर

नवौ पोखरा महोत्सवलाई पोखराका बस्तुगत संघ सस्थाले सहयोग गर्ने

   १४ पुष २०७५, शनिबार १२:४३      2,390 views

नवौ संस्करणको पोखरा महोत्सवलाई सफल वनाउनका लागी पोखराका बस्तुगत संघ संस्थाहरुले सहयोग गर्ने भएका छन । युनाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह माविको खेल मैदानमा आयोजना हुने नवौ संस्करणको पोखरा महोत्सवमा पोखरामा रहेका ३४ वटा बस्तुगत संघ सस्थाहरुले सहयोग गर्ने  भएका हुन । 

शनिवार युनाइटेड क्लवको कार्यालयमा सम्पन्न छलफल कार्यक्रममा वोल्दै बुद्ध बिशाल बजार ब्यवशायी संघका अध्यक्ष केशव वहादुर खत्रीले पोखरा महोत्सव विशुद्ध सामाजिक कामका लागी भएकाले आफ्नो संस्थाबाट पूर्ण रुपमा सहयोग गर्दै महोत्सवलाई भब्य र सभ्य बनाउनका लागी समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी प्याब्सन कास्कीका वरिष्ठ उपाध्यक्ष मथुरा प्रसाद पौडेलले पोखरा महोत्सव अहिले सम्मकै सफल महोत्सव रहेको वताउदै आफ्नो संस्थामा आवद्ध विद्यालयका विद्यार्थीहरुलाई महोत्सव अवलोकन संगै पोखरा महोत्सवकै पहलमा लेखनाथमा निर्माणधिन ज्योलोजिकल पार्कको अवलोकनमा समेत सहभागीता जनाउने वताए । खुद्रा तथा किराना ब्यवशायी संघका अध्यक्ष चुडामणी आचार्यले  पोखरा महोत्सवलाई आफ्नो संस्थाबाट निरन्तर सहयोग हुदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने वताए । पोखरा इलेक्ट्रिकल एशोसियसनका अध्यक्ष राजेन्द्र बहादुर कार्कीले युनाइटेड क्लव संग विगतका वर्षहरु देखीनै सहकार्य गरेर आफ्नो संस्था अगाडी वढिरहेको सन्दर्भमा आगामी दिनहरुमा पनि पोखरा महोत्सव र युनाइटेड क्लव संग सहकार्य गरेरै अगाडी वढ्ने वताए । सो अवसरमा वोल्दै युनाइटेड क्लवका संस्थापक अध्यक्ष हिमालय बख्रेलले पोखरा महोत्सव नवौ संस्करण सम्म आइपुग्नुमा पोखरामा रहेका ब्यवशायी संघ सस्थाको मुख्य भुमिका रहेको वताउदै पोखरेलीको मायालेनै युनाइटेड क्लव अगाडी वढिरहन सहयोग पुगेको वताए । नवौ पोखरा महोत्सव ब्यानर ब्यवस्थापन उपसमिती संयोजक पूर्ण श्रेष्ठको संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्लवका अध्यक्ष लालकाजी गुरुङ, क्लवका सचिव सूर्य बानिया लगायतले कार्यक्रममा उपस्थितलाई धन्यवाद ब्यक्त गरेका थिएभने कार्यक्रमको सञ्चालन क्लवका महासचिव तथा महोत्सव प्रचार प्रसार संयोजक शान्ता बहादुर थापाले गरेका थिए । 

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284