ताजा खबर

नवौ पोखरा महोत्सवलाई ३ सय वढी संघ सस्थाले सहयोग गर्ने

   २१ पुष २०७५, शनिबार ०६:४६      1,301 views

नवौ पोखरा महोत्सवलाई पोखरामा रहेका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । नाइटेड क्लवको आयोजनामा आगामी पुसको २७ देखी माघको ८ गते सम्म अमरसिंह चौरमा आयोजना हुने महोत्सवमा पोखरा उपत्यका भित्र रहेका ३ सय वढी संघ संस्थाहरुले नवौ संस्करणको पोखरा महोत्सवलाई झांकी र्यालीको माध्यामबाट सहयोग गर्ने भएका हुन ।

क्लवको प्राङ्गणमा शुक्रबार आयोजित भेलामा उपस्थित संघ सस्थाका प्रतिनिधीहरुले युनाइटेड क्लवले महोत्सवकै माध्यामबाट सामाजिक काममा अगाडी वढिरहेकोले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ आफुहरुको समेत महोत्सव रहेको वताएका थिए ।


महोत्सवको माध्यामबाट पोखराको मात्र नभइ समग्र गण्डकी प्रदेशमै सामाजिक काम गरिरहेको एकमात्र क्लवले गर्ने महोत्सवमा आफुहरुले स्व स्फुर्त रुपमा सहयोग गर्न तत्पर रहेको उनीहरको भनाइ रहेको थियो ।

शुक्रबार सम्पन्न भेलालाई सम्बोधन गर्दै नवौ पोखरा महोत्सव झांकी र्याली ब्यवस्थापन उपसमिती संयोजक सम्मर बहादुर श्रेष्ठले पोखरा महोत्सव युनाइटेड क्लवको मात्र नभइ समग्र गण्डकी प्रदेशकै महोत्सव भएकाले यसले लिएको उद्देश्यलाई पोखरामा रहेका सम्पूर्ण संघ सस्था, आमा समुह, टोल बिकास संस्था र क्लवहरुले सहयोग गर्नुपर्ने वताए ।


त्यस्तै संघ सस्था ब्यवस्थापन उपसमिती संयोजक सीमा गुरुङले पोखरा महोत्सव विभिन्न संघ सस्थाहरुको सहयोग र साथकै कारण यहा सम्म आइपुगेको वताउदै भेलामा उपस्थित सम्पूर्णलाई धन्यवाद ब्यक्त गर्दै सहयोग गरिदिन आग्रह गरिन । अघिल्लो वर्षको आठौ संस्करणको पोखरा महोत्सवमा २ सय वढी झाकी र्यालीमा संघ सस्थाहरुको सहभागीता रहेको थियो । क्लवका अध्यक्ष तथा नवौ पोखरा महोत्सव मुल आयोजक समितीका संयोजक लालकाजी गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रथम उपाध्यक्ष तथा राजु श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284