
नारी दिवसमा बृद्धा शेयर सदस्यहरु सम्मानित
पोखरा १३ संगमटोलस्थित फयाफुल्ला बिकल्प महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेडले शुक्रवार १०९ औं अन्र्तराष्ट्रिय श्रमिक नारी दिवस मनाएको छ। मार्च ८ तारिख अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रममा सहकारीका बृद्धा शेयर सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

संगमटोलस्थित तामाङ बौद्ध सेवा समितिमा आयोजित कार्यक्रममा सम्मानित बृद्धा शेयर सदस्यहरु बुद्धिमाया वाइबा, फुलमाया तामाङ, सुकमाया तामाङ, टुकुमाया तामाङ, ननसुबा तामाङ, देवी तामाङ, पुर्णिमाया तामाङ लगायत कार्यक्रमका प्रमुख अतिथि अधिवक्ता जुनाकुमारी गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।
कार्यक्रममा प्रमुख अतिथि अधिवक्ता गुरुङले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुहुदै अन्र्तराष्ट्रिय श्रमिक नारी दिवसको ऐतिहासिकता, नारीहरुको वर्तमान अवस्था, संशोधित मुलुकी ऐनमा महिलाको अधिकारबारे प्रशिक्षणात्मक मन्तव्य व्यक्त गर्नुभएको थियो। शिक्षा, मिहिनेत वा संघर्ष, सचेतना, सशक्तिकरण र एकताबाटै महिलाहरु अघि बढ्न सक्ने उहाँको भनाई थियो। महिला माथिको विभेद, दुव्यवहार, हिंसा अन्त्य गर्दै श्रमको सम्मान, स्वाभिमानका लागि एक भएर अघि बढ्नुपर्नेमा उहाँको जोड थियो।

पत्रकार हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुुहुदै महिलाले सम्मान र समानता महसुस गर्न सकेमा मात्र समुदाय, समाज र मुलुकले फड्को मार्ने बताउनुभयो। पितृसत्तात्मक सोंचले महिला दबिनु पर्ने र महिला भित्र पनि एकले अर्कालाई हेला गरिरहने अवस्थाको अन्त्य जरुरी छ भन्नुहुदै आमा र सासु, छोरी र बुहारी एकै हुन भन्ने मानसिकताको विकास गर्न आवाश्यक रहेको उहाँको भनाई थियो।
राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीका सचिव मिनमाया तामाङले शुभकामना व्यक्त गर्नुहुदै आफैले आफैलाई सम्मान गर्न सके अरुलाई सम्मान गर्ने वातावरण बन्ने बताउनुभयो।
सहकारीका अध्यक्ष बिष्णु तामाङको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष शान्ति तामाङले स्वागत र सचिव पवित्र तामाङले कार्यक्रम संचालन गर्नुभएको थियो।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52