ताजा खबर

निर्माण ठप्प भएको मादी ३ र ७ जोड्ने ज्याम्दुको मोटरयवल पुल आगामी मंसीरसम्म बन्ने पक्क

   २९ असार २०७६, आईतवार २२:२१      1,606 views

कास्कीको मादी गाउँपालिका वडा नं. ३ र ७ जोड्ने ज्याम्दुमा अलपत्र अवस्थामा रहेको पक्की मोटरयवल पुल पुनः निर्माण गर्ने सम्बन्धमा आज बैठक बसेको छ ।

निर्माणाधिन अवस्थामा रहेको सो पुल गत असार ८ गते आएको बाढीले बगाएपछि स्थानियहरु आक्रोशित भएका छन् । मृत संजिवनी निर्माण सेवा समितिले २०७२ साल चैत्र २१ गते सम्झौता गरी पटक पटक म्याद थप हुँदै २०७६ असार २० गते निर्माण सम्पन्न गर्ने भनि सम्झौता भएकोमा सो अवधीसम्म करिब ६५ प्रतिशत मात्र काम सम्पन्न भएको र निर्माण सम्पन्न हुनु आगवै पुल बाढीले बगाएपछि स्थानियको उजुरीको आधारमा आज सर्वपक्षिय बैठक बसी सो विषयमा छलफल भएको हो ।


जिल्ला समन्वय समितिको कार्यालय कास्कीमा भएको सो बैठकमा कास्कीको निर्वाचन क्षेत्र नं १ का संघीय सांसद एवम् पुर्व स्वास्थ्य मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङ, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, मादी २ का वडा अध्यक्ष एकजंग गुरुङ तथा निर्माण व्यवसायीको तर्फबाट मृत संजिवनी निर्माण सेवाका प्रतिनिधि दिवस उप्रेती र चिरञ्जीवि पोख्रेल, पत्रकार तथा अन्य सरोकारवालाको उपस्थितीमा बैठक बसेको हो ।

बैठकमा बोल्दै सांसद खगराज अधिकारीले आफूहरुलाई असफल पार्ने नियतले निर्माण कम्पनीले पटकपटक म्याद गुजारेको र काममा जानाजान ढिला सुस्ती गरेको निर्माण पक्षलाई आरोप लगाउनुभयो ।


समयमा पुल निर्माण नगर्ने यस्ता ठेकेदारलाई पिटेर तह लगाउने र बरु आफू जनताको हितको निम्ती जेल जान तयार रहेको भन्दै अहिलेको कम्पनीसँगको सम्झौता नै रद्ध गरेर नयाँ कम्पनीलाई जिम्मेवारी दिन प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समितिका अध्यक्षसँग उहाँले माग गर्नुभयो ।


यस्तै गण्डकी प्रदेशका सांसद मनबहादुर गुरुङले आफूले समयमा काम सक्नका लागि हरेक दिन ठेकेदारलाई फोन गर्ने र निर्माण कार्यमा झकझकाउने तथा दिनदिनै नमस्कार गर्दा पनि निर्माण पक्षले नटेरेको भन्दै जनताको दैनिकीसँग प्रत्यक्ष जोडिएको आयोजनामा ढिला सुस्ती गर्ने जो कोहिलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नुभयो ।


यस्तै मादी २ का वडा अध्यक्ष एकजंग गुरुङले ठेकेदारहरुलाई जति भन्दा पनि लाज पचेर बसेको भन्दै अब पनि जनता र जनप्रतिनिधिलाई झुक्याउने काम निर्माण पक्षले गरेमा आफूहरु स्थानिय जनतालाई लिएर निर्माण पक्ष र सम्बन्धीत निकायमा घेरा हाल्न आउने चेतावनी दिनुभयो ।


बैठकमा निर्माण पक्षको तर्फबाट प्रतिनिधिद्धय चिरञ्जीवि पोख्रेल र दिवस उप्रेतीले कम्पनीको तर्फबाट भएको ढिलासुस्ती एवम् कमजोरीका कारण समयमै निर्माण सम्पन्न गर्न नसकेकोमा क्षमा याचना गर्दै अब तोकिएकै समयमा काम सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।


यसैबीच आजै बसेको बैठकले पुल निर्माणको बाँकी काम आगामी २०७६ साल मंसीर मसान्तभित्र सम्पन्न गर्ने गरी म्याद थप गरेको छ । यो म्याद अन्तिम पटक थप गरिएको भन्दै अब पनि तोकिएको समयमा काम नभएमा प्रचलित ऐन कानुन बमोजिम कारबाही गर्ने भएको छ ।


यस्तै तोकिएको समयमा काम सम्पन्न गर्न पूर्वाधार विकास कार्यालयले सम्बन्धित मृत संजिवनी निर्माण कम्पनीसँग कार्य सम्पन्न गर्न तालिका लिई सो अनुसार कार्य गर्ने गराउने निर्णय समेत गरिएको छ ।


कूल ८ करोड ६ लाख ९७ हजार ९ सय ८ मा निर्माण सम्झौता भएको सो पुलको लागि अहिलेसम्म ४ करोड ४० लाख १७ हजार ३ सय ४५ रुपैया खर्च भईसकेको छ । ८४ मिटर लम्बाईको सो पुलमा २ वटा स्पान रहनेछ । हालसम्म पुलको जग हाल्ने र पानीको वेग रोक्ने पर्खाल निर्माण लगायतको काम भएका छन् ।


जिल्ला समन्वय समितिका अध्यक्ष बैनबहादुर क्षेत्री अधिकारीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284