निलगिरी सहकारीद्धारा मानव सेवा आश्रमलाई नगद सहयोग
पोखरा महानगरपालिका वडा नं. १७ विरौटामा रहेको निलगिरी वचत तथा ऋण सहकारी संस्था लि.ले स्थापनाको १९ औं वार्षिकोत्सवको अवसरमा मानव सेवा आश्रमलाई नगद सहयोग गरेको छ ।
बुधबार पोखरा–१७, छोरेपाटनमा रहेको मानव सेवा आश्रममा गई सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेल, पुर्व अध्यक्ष कालिदास पौडेल र वर्तमान अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा ३० हजार तिन सय ३३ रुपैयाको चेक आश्रमका अभियान्ता राजन सापकोटालाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सहकारीका संस्थापक अध्यक्ष ज्ञानेन्द्रराज पौडेलले संस्थाले सामाजिक उत्तर दायित्व वहन अन्तरगत गरेका सामाजिक कार्यको वारेमा जानकारी दिएका थिए । त्यस्तै आश्रमका अभियान्ता राजन सापकोटाले लक्ष्मीनाराणहरुको सेवामा अगाडि वढ्ने सहयोगी हातहरुलाई सदैव स्वागत गरिने वताएका थिए ।
कार्यक्रममा आश्रममा रहेका लक्ष्मीनाराणहरुको साथै सहकारीका संचालक समिति, लेखा समिति, सल्लाहकार, विभिन्न उपसमितिका संयोजक तथा सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
सहकारीका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव रवि प्रसाद वरालले गरेका थिए ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09