ताजा खबर

निशुल्क क्यान्सर परीक्षण तथा पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

   १२ पुष २०८१, शुक्रबार १४:४५      186 views

लायन्स क्लव अफ पोखरा सप्तगण्डकीको आयोजनामा पुष १३ गते शनिबार निशुल्क स्वास्थ्य परीक्षण हुने भएको छ । परीक्षणमा विशेषगरी निशुल्क क्यान्सर परीक्षण तथा पाठेघरको मुखको क्यान्सर परीक्षण (VIA Screening Test) हुने जनाएको छ ।


साथै ब्रेष्ट क्यान्सर परीक्षण, पायल्स, फिसर, फिस्टुला परीक्षण, मधुमेह परीक्षण तथा अवेरनेस कार्यक्रम, नशा, वाथ, ढाड, हाडजोर्नीको रोगको निशुल्क फिजियोथेरापी उपचार गरिने, निशुल्क औषधी वितरण गरिने, व्युटिसियनको तालिम प्राप्त प्रशिक्षक र प्रशिक्षार्थीलाई प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ ।


सपना आयुर्वेद भवन प्रा.लि. को प्राविधिक सहयोगमा महानगरपालिका वडा नं. ९ शहरी स्वास्थ्य केन्द्रको सहकार्यमा सो शिविर हुन लागेको हो । महेन्द्रपुल बास्तोलाथर स्थित सपना आयुर्वेद भवन प्रालिको प्रांगणमा शनिबार १० बजेदेखि ५ बजेसम्म शिविर सञ्चालन गरिने सपना आयुर्वेद भवनका सञ्चालक सपना रानाले बताउनुभयो ।


हरेक वर्ष स्वास्थ्य संगठनले ७ लाख २५ हजार महिलामा पाठेघरको मुखको क्यान्सर लागेको तथ्याङ्कले देखाइएको छ । “क्यान्सरमध्ये पाठेघरको क्यान्सर सबै भन्दा बढी भएकोले यो परीक्षणलाई विशेष महत्वमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर लागेको केही लक्षण नदेखिने भएकोले सम्पूर्ण दिदीबहिनी, आमाहरुले अनिवार्य जाँच गर्नुहुन हार्दिक अनुरोध गर्दछु” रानाले भन्नुभयो ।


३० वर्षदेखि ६० वर्ष सम्मका महिलाहरू र महिनावारी भएको सात दिनपछि मात्र चेक गर्न मिल्ने हुनाले सम्पूर्ण महिलाहरुलाई अनिवार्य पाठेघरको परीक्षण गर्न सकिनेछ । सपना आयुर्वेद भवनको प्राविधिक सहयोगमा लायन्स क्लव अफ पोखरा सप्तगण्डकीले यस अघि पनि विभिन्न खालका स्वास्थ्य शिविरहरु सञ्चालन गर्दै आइरहेको छ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284