ताजा खबर

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

   २८ माघ २०७५, सोमबार १४:२४      2,385 views

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशनका लागि सिधै प्रतिनिधि छनोट हुने कि नहुने भन्ने विवादको टुंगो लगाउने बारेमा छलफल हुने बताइएको छ ।

गत बुधवार र बिहीबार बसेको बैठकमा सदस्यहरु दुई खेमामा बिभाजित भएपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

गत पुस पहिलो साता सकिएको महासमिति बैठकमा शीर्ष नेतृत्वबाट महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता आए पनि केन्द्रीय समितिमा सदस्यहरु विभाजित भएपछि निष्कर्ष निस्कन सकेको छैन ।

महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदनको एजेण्डासहित बोलाइएको केन्द्रीय समिति पुनः पुरानै बिषयमा अल्झिएको छ ।

बैठकमा पक्ष–विपक्षमा मत राख्दै सदस्यहरुले निर्वाचित भएर आउने प्रावधानले केन्द्रीय सभापति पराजित हुन सक्ने, लोकतान्त्रिक पार्टीमा निर्वाचन पद्धतिको विकास गर्नुपर्नेलगायत धारणा राख्दै आएका छन् । आजको बैठकले नेपाल विद्यार्थी संघको कार्यसमितिबारे समेत निर्णय गर्ने बताइएको छ ।

साझा गर्नुहोस् : Share It :

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284