नेपाल आदिवासी जनजाति महासंघ इजरायलले १३ औं वार्षिकोत्सब मनाइदै
नेपाल आदिवासी जनजाति महासंघ इजरायलले १३औं वार्षिकोत्सब तथा साधारण सभा भव्यताका साथ मनाइने भएको छ । आउँदो जेठ ३० गते अर्थात् (जुन १३, २०२५, शुक्रबार) इजराइलको मातलोन ७७ तेल अभिवमा कार्यक्रमको आयोजना गरिने कार्यक्रम संयोजक एवं वरिष्ठ उपाध्यक्ष मन मास्की राना मगरले जानकारी दिनुभयो ।

“आदिवासी पहिचान अस्तित्व र पुर्ण अधिकार सहितको स्वायत्तता प्राप्ति गर्ने हाम्रो प्रतिबद्वता र निरन्तरता” भन्ने मुल नाराका साथ आदिवासीहरुको मौलिक भेषभुषा र पहिचान झल्काउने संस्कृतिक तथा मौलिक नृत्यहरु सहित विविधि कार्यक्रमका साथ वार्षिकोत्सव मनाइने उहाँले बताउनुभयो ।
नेफिन इजरायलमा आबद्ध ८ सस्था शेर्पा संघ इजरायल, नेपाल तामाङ घेदुङ इजरायल, किरात राइ यायोख्खा, तमु समाज इजरायल, किरात याक्थुङ चुम्लुङ इजरायल, राष्ट्रिय नेवाः खलः इजरायल, नेपाल मगर संघ साखा इजरायल र ह्योल्मो समाज इजरायलको सयुक्त आयोजनामा हुने कार्यक्रममा नेपाल राजदुताबासको प्रमुख अतिथ्यता र नेफिन इजरायलका अध्यक्ष मनु श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
साथै कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्नको लागि इजरायलमा स्थापित जातिय, धार्मिक, सामाजिक, राजनैतिक, क्षेत्रीय, साहित्यका संघ संस्थाहरु, सञ्चारकर्मी तथा बुद्धिजीवी लगायत विभिन्न पेशामा कार्यरत सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुलाई उपस्थितिको लागि आह्वान गरिएको छ । कार्यक्रमको अन्तिम तयारीमा रहेको आयोजकले बताएको छ ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38