ताजा खबर

नेपाल पर्वतारोहण संघको आयोजनामा आजदेखि पोखरामा विश्व शान्ति पूजा शुरु

   २१ माघ २०७६, मंगलवार १९:२६      1,495 views

नेपाल पर्वतारोहण संघको आयोजनामा आजदेखि पोखराको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा तेस्रो विश्व शान्ति पूजा शुरु भएको छ ।

पूजाको आज विहान उद्घाटन गर्दै गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशमा शान्ति स्थापना गर्न यसप्रकारको पूजाले मानिसमा धेरै सकरात्मक भावनाको विकास गर्ने भन्दै सबैको आपसी मित्रताले नै देशमा शान्ति कायम हुने बताउनुभयो ।


पूजाले नेपाल भ्रमण वर्षलाई समेत सफल पार्न ठूलो सहयोग गर्ने भन्दै अहिले कोरोना भाइरसले नेपालमा पर्यटकको सङख्यमा कमी आएता पनि नेपाल यसको जोखिमबाट मुक्त रहेकोले नेपाल पर्यटकको लागि सुरक्षति गन्तव्य रहेको सन्देश संसारभर दिन जरुरी रहेको बताउनुभयो ।

विश्वमा शान्ति स्थाई रुपमा स्थापित गर्ने, नेपालमा स्थापित धार्मिक सहिष्णुतालाई प्रचारप्रसार गर्ने, धार्मिक पर्यटनलाई नेपालको पर्यटनको गतिविधिको रुपमा स्थापित गर्ने, अन्तर्राष्ट्रि बौद्ध सम्मेलनले घोषणा गरेको लुम्बिनी विश्व शान्ति निग्राम कार्यान्वयन गर्न, बुद्ध नेपालमा जन्मिएको भन्ने तथ्यलाई स्थापित गर्न, नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयको प्रचार प्रसार गर्ने तथा पदयात्रामा जाँदा विभिन्न कारणले मृत्यु भएका पर्यटक तथा पथ प्रदशकहरुको आत्मा शान्तिको कामना गर्न पूजा आयोजना गरिएको आयोजकले जनाएको छ ।


पूजा समापनको दिन भोलि संग्रहालयको १७औं स्थापना दिवस समेत सोही समारोहमा केक काटेर मनाउने नेपाल पर्वतारोहण संघका केन्द्रिय अध्यक्ष सन्तवीर लामाले जानकारी दिनुभयो ।
पूजाको उदघाटन अघि निस्किएको शान्ति रयालीले पोखराको विभिन्न भाग परिक्रामा गरेको थियो ।

नेपाल पर्वतारोहण संघका सचिव टिकाराम गुरुङले सञ्चालन गर्नको कार्यक्रमको संघका अध्यक्ष सन्तवीर लामाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284