ताजा खबर

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकीको साधारणसभा

   २८ पुष २०७६, सोमबार १४:४१      1,805 views

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ, गण्डकी प्रदेशको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।महासंघको दोस्रो बार्षिक साधारणसभा शनिबार पोखरामा सम्पन्न भएको हो ।

साधारणसभाको गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेबी पुनले उदघाटन गरेकी थिईन् । मन्त्री पुनले व्यवसायीले आफ्ना हितका मात्रै कुरा नगरी सामजिक सेवाका क्षेत्रमा पनि अग्रसर हुनुपर्ने भन्दै व्यवसायीका सकरात्मक मागमा सरकारले सहयोग गर्ने बताईन् ।

पुस्तक पढ्ने संस्कार बिस्तारै हराउदै गएको भन्दै उनले पुस्तक पढ्ने बानीको बिकास गर्न पनि महासंघले भुमिका खेल्न जरुरी रहेको बताईन् ।

कार्यक्रममा बोल्दै नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मनहरी बस्यालले जनक शिक्षा सामाग्री केन्द्रले व्यवसायीलाई राम्रो ब्यवाहार नगर्ने गरेको गुनासो गरे ।उनले अहिले स्कुलको कक्षा ८ सम्मका पुस्तकहरु रङ्गिन आईसकेकाले पुराना स्यामस्वयत पुस्तकलाई फिर्ता गराएर सोही बिलमा मिलान गराउन जनक शिक्षा सामाग्री केन्द्रले सहयोग गर्नुपर्ने जिकिर गरे ।

नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष दुर्गा कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न साधारणसभामा महासंघका पुर्व केन्द्रिय अध्यक्ष धनराज आचार्य, स्टेशनरी व्यवसायी महासंघ प्रदेश ३ का अध्यक्ष किरण कुमार खनाल, लिलाराम गौतम, मोहन प्रसाद सापकोटा लगायतले बोलेका थिए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284