ताजा खबर

नेपाल बिधार्थी संघ गोरखाको अधिबेशनमा कडा प्रतिस्पर्धा, सुबास अधिकारि भए जिल्ला सभापति

   २० पुष २०७५, शुक्रबार १५:१९      1,371 views

लामो समयपछि भएको नेबि संघको अधिबेशनमा नेपाल बिधार्थी संग (नेबि संघ) गोरखाको सोर्हौ अधिबेशनले सुबास अधिकारीलाई जिल्ला सभापतिमा निर्बिरोध निर्बाचित गरेको छ । थुप्रै आकाक्षिहरुलाई पछि पार्दै सुवासको नाममा सहमति जुटेको हो ।

१७ सदस्य रहने जिल्ला कमिटिको अन्य पदको लागि बिहिबार राति अबेरसम्म सहमतिको प्रयास भैरहेको निर्बाचन समितिले जनाएको छ । अन्य पदको लागि आकान्क्षि धेरै भएपछी उच्च स्तरीय बार्ता समिति बनाएर छलफल चल्दै छ । पाटीमा प्रभाव जमाउन आफु निकटका उम्मेदवारलाई कार्यसमितिमा ल्याउन जिल्ला स्तरका नेताहरु ज्यान दिएर लागेका छन् । लामो समयपछिको अधिबेशन भएर पनि र अब फेरी हुने अधिबेशनको कुनै टुंगो नभएकाले पनि आकक्षिहरु धेरै भएका छन् । जिल्ला अदिबेशनमा २३० प्रतिनिधि सहभागी छन् ।

नेपालि कांग्रेस जिल्ला सचिब नन्द प्रसाद न्यौपाने, महासमिति सदस्य राजन राज पन्त, महासमिति सदस्य एव क्षेत्रिय सभापति धिरन थापा, नेबिसंघ निबर्तमान सभापति रुप बहादुर गुरुङ, नबनिर्बाचित सभापति सुबास अधिकारि, जिल्ला सदस्य बलराम खड्का लगायतको टीम बार्ता समितिमा रहेका छन् । अधिबेशनमा सचिब पदको लागि ५ जनाको उम्मेदवारी आवेदन परेको छ त्यस्तै कोशाध्यक्ष पदमा ६ जनाको र सदस्य पदमा ४१ जनाको आबेदन परेको निर्बाचन समिति संयोजक लुमनाथ लामिछानेले जानाकारी दिए । ६२ जनाको प्रदेश प्रतिनिधिका लागि १०८ जनाको आवेदन परेको छ ।


नेवि संघको १६औ अधिबेशनको उदघाटन सत्रमा प्रमुख अतिथि रास्ट्रिय सभाका प्रमुख प्रतिपक्ष्य दलका मुख्य नेता सुरेन्द्र पाण्डे, प्रदेश साम्सद प्रकाशचन्द्र दवाडी, मनकुमारी गुरुङ, नेविसंघ केन्द्रिय उपाद्क्ष्य डिल्ली सुवेदी, र रामप्रसाद अधिकारि, नेपालि कांग्रेस जिल्ला सभापति हरि घले,उप सभापति सुकदेव दवाडी, सचिब नन्द प्रसाद न्यौपाने, क्षेत्रिय सभापति धिरन थापा, गोरखा नगरपालिका प्रमुख राजन राज पन्त, पाल्नग्टार नगरपालिका प्रमुख दिपक बाबु कडेल, बलराम खड्का, लगायतले मन्तब्य राखेका थिए । नवनिर्वाचित सुवाष अधिकारि यसअघि नेवि संघ गोरखाका सह-सचिव हुन्

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284