ताजा खबर

नेपाल मगर महिला संघ महानगरपालिकाको अध्यक्षमा ज्योति थापामगर

   २४ फाल्गुन २०७५, शुक्रबार २१:१२      2,998 views

मिना थापामगर

नेपाल मगर महिला संघ कास्कीको नवौ साधारण सभा तथा पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापा मगरले राज्यले समान अधिकारको कुरा गरे पनि पितृसत्तात्मक देश नेपालमा व्यावहारिक रुपमा महिलाहरु अधिकारबाट बञ्चित हुनुपर्ने बाध्यता छ भन्नुभयो ।

उहाँले भन्नुभयो “एक्काइसौं सताब्दीमा पनि महिलाले राज्यको अधिकार समानरुपले प्राप्त गर्न सकेका छैनन्, त्यसैले अधिकार प्राप्तीका लागि सबै महिलाहरु एकबद्ध भएर आन्दोलित हुनु जरुरी छ ।”


यसैगरी विषेश अतिथि नेपाल मगर महिला संघ केन्द्रिय सदस्य फूलकुमारी थापामगरले महिला संधैं घरभित्र सिमित नभई बाहिरी रुपमा क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष श्याममाया पुनमगर, नेपाल मगर महिला संघ गण्डकी प्रदेशका कोषाध्यक्ष तुलसी थापामगर, नेपाल मगर संघ जिल्ला समितिका सदस्य जौमाया थापामगर, नेपाल मगर महिला संघ कास्कीका सल्लाहकार इन्दिरा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


साधारण सभामा सचिव ईश्वरी थापामगरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गा सारु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव इश्वरी रानामगरले सञ्चालन गर्नुभएको थियो ।


१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित भेलाले ज्योति थापामगरको अध्यक्षतामा १२ सदस्यीय महानगरपालिका कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ति थापामगर, सचिवमा उषा रानामगर, सह–सचिवमा होमकला पुनमगर, कोषाध्यक्षमा टिका थापामगरलाई सर्वसम्मत चयन गरिएको छ ।

साथै सदस्यहरुमा शान्ति थापामगर, देऊमाया पुनमगर, चन्द्राकुमारी थापामगर, बुद्धिसुबा थापामगर, पमकुमारी रानामगर, धनमाया पुनमगर र संगिता थापामगर रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284