ताजा खबर

नेपाल मगर महिला संघ महानगरपालिकाको अध्यक्षमा ज्योति थापामगर

   २४ फाल्गुन २०७५, शुक्रबार २१:१२      3,192 views

मिना थापामगर

नेपाल मगर महिला संघ कास्कीको नवौ साधारण सभा तथा पोखरा महानगरपालिकाको प्रथम अधिवेशन सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व उपाध्यक्ष झकबहादुर थापा मगरले राज्यले समान अधिकारको कुरा गरे पनि पितृसत्तात्मक देश नेपालमा व्यावहारिक रुपमा महिलाहरु अधिकारबाट बञ्चित हुनुपर्ने बाध्यता छ भन्नुभयो ।

उहाँले भन्नुभयो “एक्काइसौं सताब्दीमा पनि महिलाले राज्यको अधिकार समानरुपले प्राप्त गर्न सकेका छैनन्, त्यसैले अधिकार प्राप्तीका लागि सबै महिलाहरु एकबद्ध भएर आन्दोलित हुनु जरुरी छ ।”


यसैगरी विषेश अतिथि नेपाल मगर महिला संघ केन्द्रिय सदस्य फूलकुमारी थापामगरले महिला संधैं घरभित्र सिमित नभई बाहिरी रुपमा क्रियाशील हुनु जरुरी रहेको बताउनुभयो । कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय समितिका पूर्व उपाध्यक्ष श्याममाया पुनमगर, नेपाल मगर महिला संघ गण्डकी प्रदेशका कोषाध्यक्ष तुलसी थापामगर, नेपाल मगर संघ जिल्ला समितिका सदस्य जौमाया थापामगर, नेपाल मगर महिला संघ कास्कीका सल्लाहकार इन्दिरा थापा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


साधारण सभामा सचिव ईश्वरी थापामगरले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष दुर्गा सारु मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु रानामगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रा थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव इश्वरी रानामगरले सञ्चालन गर्नुभएको थियो ।


१०९ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा आयोजित भेलाले ज्योति थापामगरको अध्यक्षतामा १२ सदस्यीय महानगरपालिका कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा शान्ति थापामगर, सचिवमा उषा रानामगर, सह–सचिवमा होमकला पुनमगर, कोषाध्यक्षमा टिका थापामगरलाई सर्वसम्मत चयन गरिएको छ ।

साथै सदस्यहरुमा शान्ति थापामगर, देऊमाया पुनमगर, चन्द्राकुमारी थापामगर, बुद्धिसुबा थापामगर, पमकुमारी रानामगर, धनमाया पुनमगर र संगिता थापामगर रहेका छन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284