ताजा खबर

नेपाल मगर महिला संघ रामबजारको शुभकामना आदानप्रदान सम्पन्न–वर्ष उत्कृष्ठ महिला सम्मानित

   १२ भाद्र २०८१, बुधबार २०:२०      187 views

नेपाली महिलाहरुको महान् पर्व तीजको अवसरमा नेपाल मगर महिला संघ रामबजारले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।


कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ रामबजारका अध्यक्ष सुधा थापा मगरले महिलाहरु घरभित्र मात्र सिमिति नभई बाहिरी क्रियाकलापमा पनि सक्रिय हुनुपर्ने बताउनुभयो । इच्छाशक्ति नै सबैभन्दा ठुलो हतियार हो भन्दै हिम्मतका साथ महिलाहरुलाई बाहिर आउन उनले आग्रह गरिन् ।


यसैगरी संघका सल्लाहकार तथा नेपाल मगर महिला संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष श्याममाया राना मगरले मगर महिलाहरु अरु समुदायको तुलनामा जति स्वतन्त्र छ, त्यतिनै चेतनाको कमी भएको महसुस भएको बताइन् । भाषा संस्कार संस्कृति संरक्षणमा मगर महिलाको महत्वपूर्ण भूमिका रहेको बताउँदै अबका सन्ततिलाई घरबाटै मातृभाषा भाषा सिक्न र सिकाउनमा जोड दिनु आग्रह गरिन् ।


कार्यक्रममा नेपाल मगर संघ रामबजारका पूर्व अध्यक्ष एवं सल्लाकार कर्णबहादुर थापा मगर, महिला संघका पूर्व सचिव शान्ति थापा मगर, युवा संघका अध्यक्ष डिलु बिरकट्टा मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यसै अबसरमा संघले वर्षभरि क्रियाशिल रही संस्था र समुदायको लागि महत्वपूर्ण योगदान दिएको भन्दै वर्ष उत्कृष्ठ महिलालाई सम्मान गरेको छ । सम्मानित हुने संघका साधारण सदस्य शान्ति कुमारी थापालाई प्रमुख अतिथि सुधा थापा मगरले दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो । संघले हरेक वर्ष संघमा आवद्ध क्रियाशिल एक जना महिलालाई वर्ष उत्कृष्ठ महिला घोषणा गरी सम्मान गर्दै आएको छ ।

यसैअवसरमा महिला दिदीबहिनीहरुले मौलिक तीज गित र नृत्य प्रस्तुत गरेका थिए । आधुनिकताको नाममा मौलिक तिज गीत हराउँदै गइरहेको अवस्थामा यसलाई जगेर्ना गर्नको लागि पनि आफूहरु लागिपरेको सचिव रेनु थापा मगरले बताइन् ।


संघका कार्यवाहक अध्यक्ष विष्णु थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव रेणु थापा मगर र स्वागत मन्तव्य संघका सदस्य खेमाया राना मगरले राखेकी थिइन् ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Sustainability in business practices is increasingly important Explore articles on environmentally friendly initiatives and sustainable business practices on Iraq Business News

Written by Trade Shows in Iraq 2025-02-25 09:07:26

can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284