
नेपाल मगर संघ कास्कीको २८औ साधारण सभा सम्पन्न
नेपाल गमर संघ जिल्ला समन्वय समिति कास्कीको २८औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संघको आफ्नै भवन रंगशालामा सम्पन्न भएको साधारण सभाको पहिलो उद्घाटन सत्रमा नेपाल मगर संघ केन्द्रिय समितिका उपाध्यक्ष खेम बहादुर पुन मगरले उद्घाटन गरेका थिए ।

साधारण सभाको उद्घाटन गर्दै पुनमगरले मगर लगायत सम्पूर्ण आदिवासी समुदायको समृद्धिको लागि एक अर्कामा आरोप प्रत्यारोप भन्दा पनि एउटै आवाजका साथ अगाडि बढ्नु पर्ने बताए । “जति नै हक र अधिकारका कुरा गरेपनि एकताबद्ध भइ अगाडि बढ्न सकेनौ भने हामीले समुदायको समृद्धिका लागि भनेर हिँड्नुको केही अर्थ हुँदैन” उनले भने ।

यसैगरी आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले आदिवासी जनजाति आन्दोलनमा पोखरेली मगरहरुको सक्रियता र सहभागिता उल्लेखनिय र ऐतिहासिक रहेकोमा जोड दिँदै आफ्नो अधिकार प्राप्तिको लडाइमा यसरी नै एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रिय सल्लाहकार तथा पुन मगर समाज केन्द्रिय अध्यक्ष हर्क बहादुर पहरे पुन मगरले मगरहरु फुटेर होइन जुटेर, म होइन हामी भएर अगाडि बढ्नुपर्ने र एकआपसमा सहकार्य गरेर जानुको विकल्प नरहेको बताए ।
यसैगरी नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगरले भाषा संस्कार संस्कृति जर्गेनाका साथै राजनीतिक क्षेत्रमा पनि मगरहरुको चासो र चिन्तन हुनु जरुरी रहेको बताउनु भयो ।
कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका पूर्व अध्यक्ष श्याममाया पुन मगर, नेपाल मगर महिला संघ गण्डकी प्रदेशका अध्यक्ष तुलसी थापा मगर, पोखरा महानगर समितिका अध्यक्ष ओम श्रीस मगर लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सधारणसभाको दोस्रो चरण बन्द सत्रमा संगठनका सचिव लाल बहादुर राना मगरले सांगठनिक प्रतिवेदन र कार्यबाहक कोषाध्यक्ष दिल बहादुर श्रीस मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सचिव र कोषाध्यक्षको प्रतिवेदनलाई सर्वसम्मत पारित गरिएको थियो ।
साधाणसभा कास्की जिल्ला भरिका ४५ वडा इकाइ समितिका पदाधिकारी तथा सदस्यहरुको सभागिता रहेको थियो ।
कार्यक्रमलाई मनोरञ्जन प्रदान गर्नको लागि नेपाल मगर संस्कृतिक संघ तथा विभिन्न इकाइ समितिबाट सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।
नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा उपाध्यक्ष सु. चन्द्र बहादुर पुर्जामगरले स्वागत मन्तव्य तथा सचिव लालबहादुर राना मगरले सञ्चालन गरेका थिए ।
आजको खबर
Follow Us

भानु जयन्तीको अवसरमा ‘रूपा काव्य’ उत्सव सम्पन्न
२९ असार २०८२, आईतवार १४:२४
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38