
नेपाल मगर संघ महानगर समितिको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
पोखरा
नेपाल मगर संघ महानगर समितिको आयोजनामा नयाँ वर्ष २०८१ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

यसै अवसरमा संघद्धारा प्रकाशित भित्तेपात्रो विमोचन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ कास्कीका उपाध्यक्ष चन्द्रबहादुर पुर्जा मगरले भित्तेपात्रो विमोचन गर्नुभएको हो ।
शुभकामना मन्तव्य दिँदै उहाँले महानगरपालिकाले गरेको उक्त कार्यप्रति सह्राहना गर्दै यसले मगर समुदाय विच व्यवसायिक समन्वय र प्रवद्र्धनमा सहयोग पुग्ने बताउनुभयो ।

यसै गरी कास्कीका सचिव लालबहादुर राना मगरले मगरहरुले संस्कृति जगेर्नाको साथ साथै शिक्षा र व्यवसायमा पनि जोड दिनुपर्ने बताउनुभयो । महानगर समितिका उपाध्यक्ष मुन्नु थापा मगर र सदस्य क्षेत्र राना मगरले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा भित्तेपात्रो प्रकाशनको क्रममा रु. पाँच हजारबाट माथि सहयोग गर्ने सहयोग दाताहरुहरुलाई खादा र दोसल्लाले सम्मान गरिएको थियो ।
संघका अधयक्ष ओम श्रीस मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव केश बहादुर थापा मगरले गर्नुभएको थियो ।
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38