ताजा खबर

नेपाल मगर संघ रामबजार इकाई समितिको २०औं साधारण सभा सम्पन्न

   २५ असार २०७९, शनिबार २०:४७      1,132 views

नेपाल मगर संघ रामबजार इकाई समितिको २०औं साधारण सभा आज सम्पन्न भएको छ ।


संघको आफ्नै भवन रामबजारमा सम्पन्न भएको सभाको उद्घाटन प्रमुख अतिथि नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष संगिता पुन मगरले गर्नुभएको थियो ।


सभाको उद्घाटन गर्दै पुन मगरले आजको बदलिदो परिस्थितिसँगै मगर समुदाय पनि परिवर्तित हुनुपर्ने कुरामा जोड दिनुभयो । समाज परिवर्तको लागि शैक्षिक, राजनीतिक र व्यवसायिक चेतनाको स्तर बृद्धि हुनु जरुरी रहेको उहाँले बताउनुभयो ।


पोखरा महानगरपालिका वडा नंं १५ का वडाध्यक्ष तोरण बहादुर बानियाले समुन्नत राष्ट्र निर्माणको लागि समुदाय विभाजित भएर होइन एक ढिक्का भएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभयो । साथ उहाँले पूर्वाधार विकासले मात्र देश विकास असम्भव भएकोले अबको समय मानविय चेतनाको विकासमा जोड दिने खालको कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो ।


यसैगरी जिल्ला शिक्षा कार्यलय कास्कीका पूर्व उपचिव गगन थापा मगर, नेपाल मगर महिला संघ कास्कीका अध्यक्ष नुनु राना मगर नेपाल मगर महिला संघ रामबजार इकाई समितिका अध्यक्ष लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

सारधारण सभामा नेपाल मगर संघ रामजार इकाई समितिका सचिव क्या. अमर बहादुर राना मगरले सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सु. सन्त बहादुर थापा मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।


यसैगरी नेपाल मगर महिला संघ रामजबारको सांगठनिक प्रतिवेदन सचिव रेनु थापा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष गीता आलेमगरले प्रस्तुत गर्नुभएको थियो ।
यसैगरी नेपाल मगर युवा संघ रामबजारको सांगठनिक प्रतिवेदन सचवि दिलबहादुर विर्कटा मगर र आर्थिक प्रतिवेदन कोषाध्यक्ष शान्ती थापा मगरले प्रस्तुत गर्नुभएको थियो ।
भलाई कोषको गतिविधिको बारेमा चित्रबहादुर थापा मगरले र आर्थिक प्रतिवेदन ना.सु. खुमबहाुदर थापा मगरले प्रस्तुत गर्नुभएको थियो ।

यसैअबसरमा प्लस टु देखि उच्च शिक्षा हासिल गर्ने समाजका विद्यार्थीहलाई सम्मान गरिएको थियो भने ८० वर्ष नाघेका बृद्धाबृद्धालाई खादा सम्मन पत्र र लौरो उपहार दिएर सम्मान गरिएको थियो । साथै कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कलाकारहलाई मायाको चिनो प्रदान गरिएको थियो ।


कार्यक्रममा नेपाल मगर संघ रामबजार इकाई समितिद्धारा निर्माण गरिएको सालैजो म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।


संघका कार्यबहाक अध्यक्ष सुधा थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव क्या. अमर बहादुर राना मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला संघका अध्यक्ष लक्ष्मी थापा मगरले राख्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284