ताजा खबर

नेपाल मगर सांस्कृतिक संघ कास्कीको सातौ वार्षिक साधारणसभा सम्पन्न

   १० भाद्र २०८०, आईतवार १८:०७      927 views

मिना थापा मगर, पोखरा

नेपाल मगर सांस्कृतिक संघ जिल्ला समन्वय समिति कास्कीको सातौ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।


नेपाल मगर संघ कास्कीको सभाहलमा सम्पन्न भएको सभाको उद्घाट उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दिपेन्द्र बहादुर थापा मगरले गर्नुभएका थियो ।


सभाको उद्घाटन गर्दै मन्त्री थापा मगरले देश विकासको खातिर विगतदेखि नै मगर समुदायको महत्वपूर्ण भूमिका रहेको कुरा औल्याउँदै भोलिका दिनमा पनि देश र समुदायको विकासको लागि जेजस्तो परिस्थिति सँग जुध्न तयार रहन आग्रह गर्नुभयो । अर्को प्रशंगमा उहाँले देश विकासको नाममा हिंसा भड्काउनेतिर होइन सबै एकजुट भएर देश सिंगार्ने तर्फ लाग्नुपर्ने बताउनुभयो ।


नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगरले नेपाल बहुसांस्कृतिक विविधताले सुसज्जित देश भएकोले यहाँका सबै धर्म, संस्कार र संस्कृतिलाई सबैले स्वीकार्नुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय समितिका भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, पत्रकार शान्ति गुरुङ लगायतले भाषा संस्कार संस्कृति संरक्षणको लागि समुदाय आफै लाग्नुपर्ने बताए ।


सो अवसरमा मगर समुदायमा रहेर योगदान दिनुहुने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । नेपाल मगर संघ कास्कीका अध्यक्ष राम बहादुर थापा मगर, हास्यकलाकार तथा नेपाल मगर सांस्कृतिक संघका संस्थापक अध्यक्ष दिपक थापा मगर, नृत्य निर्देशक घनश्याम पुनमगर, पोखरा महानगरपालिका सदस्य भिम कुमारी पुनमगरलाई प्रमुख अतिथि थापा मगरले खादा, मालाले सम्मान गर्नुभएकोे थियो ।


सभाको बन्दसत्रमा आर्थिक प्रतिवेदन कोषाध्यक्ष सोममाया आलेमगर र संगठनको प्रगति प्रतिवेदन सचिव बसन्ती थापा मगरले प्रस्तुत गर्नुभएको थियो ।


संघका अध्यक्ष सरिता सारु मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव बसन्ती थापा मगर र सहसचिव रामचन्द्र थापा मगरले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष दिलु फगामी मगरले राख्नुभएको थियो । कार्यक्रममा मगर समुदायमा प्रचलित सांस्कृतिक नृत्यहरु कौरा, घाटु, सालैजो प्रस्तुत गरिएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284