ताजा खबर

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीको प्रशिक्षण सम्पन्न

   ६ श्रावण २०८१, आईतवार १२:५५      294 views

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समिति कास्कीले सङ्गठन परिचालन तथा व्यवस्थापन सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न गरेको छ ।

कास्कीका पाँच स्थानीय पालिका समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुका लागि एकदिने प्रशिक्षण तथा कार्यशाला सम्पन्न गरेको हो ।

जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालको अध्यक्षता एवम् सचिव दामोदर तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय समितिका सचिव रामप्रसाद पोखरेलले पेशाहरुको जननी पेसा शिक्षण कार्यमा लाग्ने हामी शिक्षकहरु सधैंभरि हँसिलो, खुसी, विषयवस्तुमा दक्ष एवम् प्रविधियुक्त हुनुपर्ने बताए ।

 प्रशिक्षण कार्यक्रममा नराशिसं गण्डकी प्रदेश अध्यक्ष रोमहर्षण पौडेलले “नेतृत्व विकास तथा नेतृत्व सिप”, लेखा समिति सदस्य गोविन्द सुवेदीले “लेखा व्यवस्थापन”, जिल्ला अध्यक्ष तिर्थराज ढकालले “निर्णय लेखन तथा अभिलेखीकरण”, जिल्ला सचिव दामोदर तिमिल्सिनाले ” प्रतिवेदन लेखन तथा रिपोर्टिङ” र सहसचिव जुना थापाले ” कार्यक्रम सञ्चालन तथा उद्घोषण” सम्बन्ध विषयमा सहजीकरण गरेका थिए।

जिल्ला समिति अध्यक्ष तिर्थराज ढकालको अध्यक्षता एवम् सचिव दामोदर तिमिल्सिनाको सञ्चालनमा भएको कार्यक्रममा उपाध्यक्ष प्रदिप न्यौपानेले स्वागत गरे भने शिक्षक महासंघ कास्कीका अध्यक्ष बोधराज पौडेल, नेराशिसं गण्डकी प्रदेशका महासचिव ध्रुवराज सिग्देललगायतको उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284