ताजा खबर

नेपाल रेडक्रस सोसाइटी पोखरा १०को बोट विरुवा गोडमेल कार्यक्रम सम्पन्न

   २६ पुष २०७५, बिहीबार ०७:२९      2,785 views

नेपाल रेडक्रस सोसाइटी पोखरा १० उपशाखाको रजत जयन्ती समापन समारोहको पूर्व संन्ध्यामा उपशाखा भवन वरपर रोपेको विरुवा गोडमेल गरिएको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीका उपसभापति कृष्ण तिमिल्सिनाको प्रमुख अतिथिमा सम्पन्न भएको हो ।

सो अवसरमा प्रमुख अतिथि तिमिल्सिनाले हुर्केका बिरूवा वरपर रहेका झारपात र झ्याङ फडानी कार्यक्रमको उद्घाटन गर्नुभयो । साथै उहाँले उपशाखा १०ले मानविय सेवाका कार्यमा गरेका थुप्रै उदाहरणीय काम मध्ये यो पनि एक उदहारणीय काम भएको भन्दै रजत जयन्ती को सफलताको कामना गर्नु भयो ।


कार्यक्रममा उपशाखाका सहसचिव कलावती शर्माले उपशाखाले विरुवाको संरक्षण मात्र नभै वडा भित्रका धेरै ठाउँमा चौतारा बनाई वातावरण संरक्षणमा लागि परेको बताउनुभयो । उक्त गोडमेल कार्यक्रममा उपशाखाका सदस्य जमुना बराल, किरण प्रसाद भट्टचन, लैङ्गिक सामाजिक तथा समावेशीकरण समितिका कोषाध्यक्ष हरिमाया भुजेल, सदस्यहरु निर्मला श्रेष्ठ, लक्ष्मी राजभण्डारी लगायतका बक्ताहरुले आ आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।


उपशाखाका कोषाध्यक्ष सीता तिमिल्सिनाले स्वागत गर्नुभएको उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पोखरा १० उपशाखाका सभापति सम्मरबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सम्पन्न भएको हो भने उपशाखाका सचिव सूर्यबहादुर बाँनियाले कार्यक्रम संचालन गर्नुभएको थियो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284