ताजा खबर

नेपाल र बंगलादेशबीच सहकार्यको हात बढाउन पोखरामा गोष्ठी र साँस्कृतिक कार्यक्रम

   ११ फाल्गुन २०७५, शनिबार २२:२२      2,253 views

गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशहरुसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताउनुभएको छ ।


शनिबार नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने उल्लेख गर्नुभयो । साँस्कृतिक रुपले धनी गण्डकी प्रदेश छिमेकीसँग साँस्कृतिक सम्बन्ध जोड्न आतुर रहेको उहाँको भनाई थियो ।


नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेको समुपस्थितिमा भएको कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघकी निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले साँस्कृतिक कार्यक्रममार्फत दुई देशको सम्बन्ध जोड्न भएको प्रयासको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । नेपालको निजी क्षेत्र बंगलादेशसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न तयार रहेको उहाँको भनाई थियो ।


यता गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक सम्वृद्धिको लागि छिमेकीहरुसँगको सहकार्य गण्डकी सरकारको प्राथमिकता भएको बताउनुभएको छ । पोखरा उद्योग वाणिज्य संघ तथा नेपालस्थित बंगलादेशको दूताबासद्धारा शनिबार पोखरामा आयोजित नेपाल र बंगलादेशबीचको व्यापार र पर्यटनका सम्भावनाबारेको गोष्ठीको समुद्घाटन गर्दै उहाँले पर्यटनलगायतका क्षेत्रमा द्धिपक्षीय सम्बन्ध र लगानी बढाउन सकेमा सम्बन्धले पनि नयाँ उचाई लिने उल्लेख गर्नुभयो ।


यता, सोही कार्यक्रममा बोल्दै नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सेले नेपालको निर्यात व्यापार बढाउन प्रतिष्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिनुभएको छ । नेपालबाट आयात हुने दाललगायतका सामानहरुको बंगलादेशमा उच्च माग भए पनि महंगो मूल्यका दाल आयात नगरिएको उहाँको भनाई थियो ।

राजदूत साम्सेले नेपाल सरकार र बंगलादेशबीच केहीअघि भएको विद्युत व्यापार सम्झौताले उर्जा क्षेत्रमा संयुक्त लगानीको सम्भावना बढेको समेत बताउनुभयो । यद्यपी, उहाँले विद्युत प्रशारण लाइन बिस्तारमा भारतको सहकार्यमा पनि जोड दिनुभयो । बंगलादेशको आर्थिक विकासले नयाँ गति लिएको बताउँदै उहाँले नेपाज र बंगलादेशले द्धिपक्षीय व्यापार बिस्तारका विभिन्न क्षेत्रमा सहकार्य गर्न सकिने उल्लेख गर्नुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно Раисат Залкепова - Счастлива скачать в mp3 и слушать онлайн бесплатно

Written by Clarissa1170 2024-06-04 19:57:36

Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3 Hamidshax - Soul скачать песню бесплатно на телефон и слушать онлайн в mp3

Written by Abigail73 2024-06-04 19:17:39

Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно Bts Rm, Moses Sumney - Around The World In A Day скачать в mp3 и слушать онлайн бесплатно

Written by Zachary1566 2024-06-04 18:04:58
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284