
नेपाल संवत ११४५ को स्वागतार्थ पोखरामा भिन्तना र्याली निकालिने
नेपालीहरुको मौलिक तथा राष्ट्रिय सम्वत नेपाल सम्वत ११४५ को स्वागतार्थ पोखरामा बृहत भिन्तुना र्याली निकालिने भएको छ । नेवा खलः कास्कीको आहृवान तथा बागबजार तायामाचा समितिको आयोजनामा न्हुँ दया भिन्तुना र्याली निकालिने भएको हो ।

नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेका अनुसार यसवर्ष कार्तिक १७ गते शनिवार न्हुँ दयाः भिन्तुना एवं म्ह पूजा मनाईदै छ । सो दिन बिहान न्हुः दयाँ भिन्तुनाको ¥याली पोखराको मोहरिया टोल, भैरव टोल, भिमसेन टोल हुँदै नेवा छेँ भवनमा पुगेर शुभकामना आदानप्रदान कार्यक्रममा परिणत हुने छ ।
नेपाल संवतका शुरुवातकर्ता तथा राष्ट्रिय विभुति शंखधर शाख्वाप्रति सम्मान र श्रद्धा बढ्ने विश्वासका साथ ¥याली निकाल्न लागिएको नेवा खलः कास्कीका अध्यक्ष अशोक पालिखेले जानकारी दिए । नेवार समुदायमा प्रचलित म्हः पुजाको दिनदेखि नेपाल सम्वतको नयाँ बर्ष प्रारम्भ हुने हुँदा नेपाल सम्वतको स्वागतार्थ हरेक बर्ष पोखरामा भिन्तुना ¥याली निकालिन्छ ।
भिन्तुना ¥यालीमा नेवा समुदायमात्र नभई तमु धिं, मगर संघ, तामाङ घेदुङ, क्षेत्री समाज, थारु समाज लगायत विभिन्न जातीय समुदायका व्यक्तिहरुसमेत झाँकीसहित उपस्थित हुने अध्यक्ष पालिखेले जानकारी दिए ।
¥यालीमा विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिनेछ भने नेवारी संस्कृति झल्कने लाखे तथा लाठी नाच, तायामाचा, धिमे बाजा, घोडेनाच आदि पनि प्रदर्शन गरिने छ । ¥यालीमा झाँकीसहित सहभागी हुनेहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । जसमा प्रथम पुरस्कार २५ हजार, दित्तीय पुरस्कार ६ हजार र तृतीय पुरस्कार ६ हजार र ५ हजार सान्त्वना राखिएको छ ।
आजको खबर
Follow Us

गण्डकीमा सरकारी कामकाजमा गुरुङ र मगर भाषालाई मान्यता
२५ असार २०८२, बुधबार १३:३१

यस वर्षको राष्ट्रिय मौलिक कौराहा संरक्षण पत्रकारिता पुरस्कार पत्रकार रुद्र श्रीस मगरलाई
२५ असार २०८२, बुधबार १९:५८
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54

उस्तै खबर





साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38