ताजा खबर

नेपाल स्टारकी फाइनालिष्ट एलिना गुरुङलाई जिताउन पोखरामा कन्सर्ट सम्पन्न

   ७ माघ २०७७, बुधबार १०:३१      1,025 views

नेपाल टेलिभिजनबाट प्रसारण हुने गायन रियालिटी शो वाई वाई पहिलो नेपालस्टारको फाइनालिष्ट पोखरेली चेली एलिनाको पोखरामा सांगितिक कार्यक्रम अर्थात कन्सर्टसम्पन्न भएको छ ।

नेपाल स्टारको फाइनल प्रवेश पश्चात गृहनगर पोखरा आएकी एलिना गुरुङकोस्वागत, सम्मानका साथै उपाधि जिताउनका लागि एलिना गुरुङ जिताऔं सहयोग समितिले मंगलवारपोखरा १२ चापापानीस्थित चिउली पार्चे तमु समाजमा स्वागतार्थ सांगितीक कार्यक्रम भव्यताकासाथ सम्पन्न गरेको हो ।


पहिलो नेपाल स्टार फाइनलिस्ट एलिना गुरुङको सांगीतिक कार्यक्रममा एलिनासम्बद्ध पोखराको मुग्लान रेष्टुरेण्ट ब्याण्ड, हार्मोनी समुहका उषा गुरुङ, प्रिया गुरुङ, देवीगुरुङ, जेनिषा तामाङ, प्रकृति श्रेष्ठ, जोजिजु म्युजिक सेण्टरका बिनित जोजिजु, गायक सन्तोष बस्याल, नबिन गुरुङ, लोक गायिका ज्योति लोहनी गुरुङ लगायतले विभिन्न गायनप्रस्तुति गर्दै साथ दिएका थिए भने नृत्यतर्फ हिमाली साँस्कृतिक परिवार, तरेलीसाँस्कृतिक परिवार, ताङतिङ दुधपोखरी तमु समाज, भुजुङ युम्पो समाजका कलाकारहरु लगायतकोसाथ रहेको थियो।

कार्यक्रममा एलिनाले तृष्णा गुरुङको गाइने ए दाजैले… र सुकमित गुरुङकोस्वरमा रहेकोरेलिमाई रेलिमाई गीत प्रस्तुति गरेकी थिइन् ।

गायन प्रस्तुति राख्दैएलिनाले आफुलाई नेपाल स्टारको फाइनलमा पुर्याउन सहयोग गर्ने समिति र सहयोगीहरुलाईहार्दिक धन्यवाद दिइन। पहिलो नेपाल स्टारको उपाधि दिलाउन आफुलाई फाइनलमा विगतमाभन्दा पनि अधिक भोट, साथ सहयोगको अनुरोध गरिन्। उनले आफ्नो जीत समग्र देश विदेशकाशुभेच्छुक, शुभचिन्तक, सहयोगीका साथै समग्र पोखरेलीको जीत हुने दाबी गरिन् ।


सबैकोसाथ सहयोग र मायाले आफुलाई पहिलो नेपाल स्टारको विजेता बन्ने विश्वास व्यक्त गर्दैअहिलेको सहयोग गुन राम्रा राम्रा गित प्रस्तुत गरेर तिर्ने बताइन्।सहयोगी सबैलाईगर्व दिलाउने उनको भनाई थियो।कार्यक्रममा एलिना गुरुङ जिताउ अभियान समितिका संयोजक मेनकाजी गुरुङले एलिनागुरुङले नेपाल स्टारको उत्कृष्ट ११ मा पुगेपछि मात्रै हामीले समिति गठन गरी अघि बढ्दा समितिकोसपना साकार हुँदै गएको बताए।एलिनाले उपाधि जिती सकिन अब घोषणा हुन मात्र बाँकीरहेको उनको उद्घोष थियो ।

उनले थपे हामीलाई विश्वास छ, माघ १७ गतेकोफाइनलमा पोखराले फेरि अर्को इतिहास कायम गर्नेछ, नेपालको पहिलो नेपाल स्टारएलिना गुरुङ घोषित हुनेछिन्। समितिका संरक्षक तथा तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुले एलिनाकोगीत संगीतप्रतिको लगाव, परिश्राम, प्रतिभाकै कारण फाइनलमा पुगेको र यो उचाईमापुर्याउने सबैलाई धन्यवाद दिदै उपाधि दिलाउन अन्तिम पटक धेरै भन्दा धेरै भोट एवमसहयोग गर्न आग्रह गरे ।


एलिनाको जित सबै सहयोगी एवम पोखरेलीको जित, गीत संगीत रनेपाल स्टारकै उचाई बढ्ने, अन्तराष्ट्रिय हुने दावी गरे।रियालिटी शोमा पोखरा कहिल्यैहारेको छैन, अहिले पनि एलिनाले ताज पहिरिने विश्वास गरे। ताङतिङ दुध पोखरी तमु समाजका अध्यक्ष सुवेदार मेजर हेमप्रसाद गुरुङलेएलिना नेपाल स्टारको फाइनलमा पुगेर तमुहरुको छाती फराकिलो भएको उल्लेख गरे ।
उनले एलिनालाई भोटिङ मार्फत फाइनलमा पुर्याएका सम्पूर्ण नेपालीलाई धन्यवाददिएका छन् ।

उक्त कार्यक्रममा एलिनालाई उपाधि दिलाउन विभिन्न संघ संस्था र सहयोगीहरुलेएलिना गुरुङ जिताऔं सहयोग समितिलाई आर्थिक सहयोग गरेका थिए। कार्यक्रममा एलिनालाई बधाई, शुभकामना सहित कार्यक्रममा गण्डकी प्रदेशकासांसद इन्द्रधारा बिष्ट, समितिका संयोजक मेनकाजीगुरुङ, तमु धिंका अध्यक्ष हुम गुरुङ, हार्मोनीकी अध्यक्ष इतु जोजिजु, वरिष्ठ लोक गायकपदमराज ढकाल, लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका अध्यक्ष सुरेन्द्र गुरुङ लगायत विभिन्न संघ संस्था, समाज, समुहबाट सम्मान एवम आर्शिवादप्रदान गरेका थिए।

उक्त कार्यक्रममा सहयोग समितिकी सचिव रोशनी गुरुङ, आर्थिक संयोजककुमारी गुरुङले पनि एलिनालाई उपाधि दिलाउन आव्हान गरेकी थिइन्।यसैबिच एलिना गुरुङलाई मुग्लान रेष्टुरेण्टले २५ हजार रुपैया, रात्रीभोजसहित सम्मान गरेको छ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284