नेल्टा गण्डकीद्वारा अङ्ग्रेजी शिक्षकका अनुसन्धान सम्बन्धी कार्यशाला सञ्चालन
नेपालका अङ्ग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेशल शाखाले पोखराको ताल बाराही माध्यमिक विद्यालयमा यही मंसिर २९ र ३० गते दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासिय कार्याशाला सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश भित्रका प्रत्येक जिल्लाबाट ३ जनाको दरले जम्मा ३० जनाको सहभागीता रहेको उक्त कार्यशालामा शैक्षिक अनुसन्धानमा रुचि राख्ने, अनुसन्धान विधिहरूको आधारभूत ज्ञान भएका, अंग्रेजी भाषामा दख्खलता भएका, अनुसन्धानमा सक्रिय सहभागीताको प्रतिबद्धता जनाएका, सहयोग र विचारको आदान प्रदान गर्न इच्छुक अङ्ग्रेजी शिक्षकहरुमध्येबाट नेल्टाको जिल्ला शाखाले सिफारिस गरेका शिक्षकहरुलाई कार्यशालामा सहभागी गराइएको थियो ।

नेपालकै अङ्ग्रेजी भाषा शिक्षणको क्षेत्रमा उत्कृष्ट मानिएको नेल्टा गण्डकीले प्रकाशित गर्दै आएको स्टार रेटेड जर्नल (Journal of NELTA Gandaki-JoNG) को प्रत्येक अङ्कमा गण्डकी प्रदेश भित्रकै अङ्ग्रेजी शिक्षकहरुद्वारा अनुसन्धान गरेर तयार पारिएका लेखहरुलाई समावेश गराउने उद्देश्यले यो कार्यशाला सञ्चालन गरिएको नेल्टा गण्डकीका सभापति कमलराज लम्सालले जानकारी दिनुभयो । सह-प्राध्यापक डा. नवराज न्यौपाने र उप-प्राध्यापक डा. पिताम्बर पौडेलले उक्त कार्यशालाको संयुक्त सहजीकरण गर्नुभएको थियो ।
कार्यशालामा सहभागी अङ्ग्रेजी शिक्षकहरुमा अनुसन्धान सिपको ज्ञान दिलाउने, समालोचनात्मक सोचको विकास गराउने, अनुसन्धानात्मक लेखनमा सुधार ल्याउने, अनुसन्धानमा सहकार्यलाई प्रोत्साहन दिलाउने, पेशागत सिप विकासलाई टेवा पुर्याउने जस्ता उद्देश्य राखेर कार्यशाला सञ्चालन गरिएको हो ।
शैक्षिक अनुसन्धानका आधारभूत तत्वहरु अनुसन्धानको विषयवस्तुहरुको खोजी र चयन, लेखाई वातावरण र अनुसन्धान प्रश्नहरु, उपलब्ध साहित्यको समालोचनात्मक पुनरावलोकन गर्ने तरिका, अनुसन्धानका डिजाइन र विधिहरू लेखन, नतिजा/निष्कर्ष र छलफल लेखन र निष्कर्ष र सार लेखन कार्यशालाका प्रमुख विषयवस्तुहरु थिए ।
सहभागीहरुको तर्फबाट नेल्टा स्याङ्जाको अध्यक्ष ओम विकास सिंजाली र नेल्टा नवलपुर जिल्ला कार्यसमिति सदस्य रीता खड्काले उक्त कार्यशालाको प्रशंसा गर्दै कार्यशालाका व्यवहारिक विषयवस्तुहरुले सहभागीहरुको लेखन सीप विकास भएको, अनुसन्धानप्रति सहभागीहरुको रुचि र प्रतिबद्धता बढाएको र सहभागीहरुविच सामुहिक कार्यको लागि सम्पर्क विस्तार गराएको कुरा बताउनु भएको थियो ।
कार्यक्रमको समापन गर्दै नेल्टा गण्डकीका सभापति कमलराज लम्सालले डा. न्यौपाने र डा. पौडेलको विशेषज्ञ सहजीकरण, सहभागीहरुको सक्रिय सहभागीता, गण्डकी प्रदेश भित्रका नेल्टा शाखाहरुको सहयोग र सद्भावले यो कार्यशाला ज्ञानवर्धक, प्रभावकारी र उद्देश्यमुलक रहेको भन्दै सवै सहभागीहरुलाई प्रत्येक बर्ष कम्तिमा एउटा अनुसन्धानात्मक लेख नेल्टा गण्डकीद्वारा प्रकाशन हुने जर्नलमा पेश गर्न उत्प्रेरित गर्दै उक्त लेखहरु नेल्टा गण्डकीको जर्नल वा अन्य कुनै माध्यमबाट प्रकाशन गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । औपचारिक समारोह भने नेल्टा गण्डकीका अध्यक्ष कमल लम्सालको अध्यक्षता र महासचिव मुकेश अधिकारीको सञ्चालनमा भएको थियो।
Enter
आजको खबर
Follow Us
outstanding biography of yukta dai, may him long live
Written by ram chandra gurung 2020-01-08 02:54:15
Great achievement, kudos All Gurungs!!!
Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
उस्तै खबर


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर
Written by Biswasdip Limbu 2020-05-01 22:46:38