
पक्याम बुहारी समुहको उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न
स्याङजाको फेदीखोला गाउँपालिका वडा नं. २ पक्याम गाउँका बुहारी समुहको आयोजनामा सञ्चालन भएको एक हप्ते उद्घोषण तथा नेतृत्व विकास तालिम सम्पन्न भएको छ ।

महिलाहरुमा निहित क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिमको समापन कार्यक्रम बुहारी समुहका अध्यक्ष सीता गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

हिमालयन रिडर्स कर्नर न्युरोड पोखराको सभाहलमा सञ्चालन भएको तालिमको समापन समारोहमा प्रशिक्षार्थी एवं बुहारी समुहका सचिव विमला गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने सह सचिव पवित्रा गुरुङले स्वागत मन्तव्य राख्नु भएको थियो ।

सो अवसरमा उहाँले तालिमबाट आफूहरुमा अब अरुको अगाडी उभिएर आफनो कुरा राख्न सक्ने क्षमताको विकास भएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

तालिमका प्रशिक्षक तथा मादी न्युज डटकमका सम्पादकएवं समापन समारोहका प्रमुख अतिथि रोशनी गुरुङले तालिमले बाटो मात्रै देखाएको र ज्ञानको भोग जगाउने काम मात्रै गरेको भन्दै आउने दिनमा निरन्तर अभ्यासको जरुरी रहेको बताउनुभयो ।

साथै उहाँले तालिमका उत्कृष्ट प्रशिक्षार्थीद्धय विमला गुरुङ र पवित्रा गुरुङलाई प्रोत्साहन स्वरुप पुस्तक उपहार दिनुभएको थियो ।



उस्तै खबर





Good https://is.gd/N1ikS2
Written by Brayden4093 2025-04-30 19:12:25