पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै कास्कीका पत्रकारहरुको धर्ना
नेपाल पत्रकार महासंघ कास्कीको नेतृत्वमा आज पोखराका विभिन्न ठाउँमा पत्रकार अर्जुन गिरीको रिहाईको माग गर्दै धर्ना तथा आन्दोलनको कार्यक्रम सम्पन्न भएको छ ।
ठगीको विषयमा समाचार लेखे बापत पत्रकार गिरीलाई साइबर क्राइम अन्तरगत मुद्धा दायर गरि पक्राउ गरिएको छ ।
दिउँसो १ बजे जिल्ला प्रहरी कार्यालय अगाडी भएको धर्नालाई पत्रकार महासंघका
गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल र महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
सो अवसरमा बोल्दै अध्यक्ष द्धयले पत्रकार अर्जुन गिरीलाई विना सर्त रिहाई नगरे अबको आन्दोलनको नेतृत्व पत्रकार महासंघ कास्कीले गर्ने बताउनुभयो । पत्रकारले समाचार लेख्दा साइबर क्राइम नहुने भन्दै पत्रकारले स्वतन्त्र भएर लेख्न पाउने वातावरण नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहेन अध्यक्ष द्धयले बताउनुभयो ।
त्यस लगत्तै जिल्ला प्रशासन कार्यालय कास्कीमा भएको धर्ना कार्यक्रमलाई संसदीय पत्रकार मञ्च गण्डकीका उपाध्यक्ष भरत कोइरला, फोनिज कास्कीका अध्यक्ष एमबी आस्था मगर, प्रेस युनियन कास्कीका अध्यक्ष नविन सिग्देल, प्रेस संगठन कास्कीका नेता द्धय सन्देश श्रेष्ठ र माधव बराल, युवा पत्रकार मञ्चका अध्यक्ष भिम थापा, डब्लु डब्लु जेका कास्की अध्यक्ष सरिता तिमिल्सिना, अग्रज पत्रकारहरु बद्रि विनोद प्रतिक, पुण्य पौडेल, शिरोमणि बराल लगायतले सम्बोधन गर्दै पत्रकार माथिको ज्यादती बन्द गर्न सरकारसँग माग गर्दै पत्रकार गिरीको यथाशीघ्र विनाशर्त रिहाईको माग गर्नुभयो ।
त्यस लगत्तै गण्डकी प्रदेशको मन्त्री परिषद कार्यालयमा धर्ना कार्यक्रम तय भएता पनि निषेधित क्षेत्रमा धर्ना दिन नपाउने भन्दै प्रहरीले पत्रकारहरुलाई फर्काएका थिए । सो स्थानमा केहिबेर प्रहरी र पत्रकारबीचमा भनाभन समेत भएको थियो ।
यसैबीच नेपाल पत्रकार महासंघको केन्द्रिय समितिको निर्णय अनुसार भोलि विहान ९.३० बजेदेखि १०.३० बजेसम्म देशैभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्यक्रम तय भए बमोजिम कास्कीमा पनि जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिने भएको हुँदा सबै पत्रकारहरुलाई उपस्थितीको लागि पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले सबै पत्रकारहरु समक्ष आग्रह गर्नुभएको छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09