ताजा खबर

पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङ कोरोना मुक्त

   २८ भाद्र २०७७, आईतवार १६:५५      1,255 views

नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङ कोरोना मुक्त हुनुभएको छ ।

कान्तिपुर दैनिकका लागि लमजुङ र मनाङ संवाददाताको रुपमा काम गर्दै आउनुभएका गुरुङलाई भदौ १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


कोरोना संक्रमण भएपछि बेंसीसहरको सहजीस्थित सहरी विकास कार्यालयको आइसोलेशनमा बस्दै आउनुभएका गुरुङले पछिल्लो समय भदौ २५ गते पुनः पीसीआर विधिबाट कोरोना परीक्षणका लागि थ्रोट स्वाब दिनुभएको थियो ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष आश गुरुङको पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएको बताउनुभयो ।


भदौ २५ गते पीसीआर परीक्षणका लागि थ्रोट स्वाब लिएकोमा शनिबार उहाँको पीसीआर रिपोर्ट नेगेटिभ आएको बताउनुभयो । सहजीको आइसोलेशनमा बस्नुभएका उहाँलाई केही दिन घरमै बस्न सल्लाह दिएको समेत उहाँले बताउनुभयो ।

अध्यक्ष गुरुङसंगै रेडियो चौतारीका प्रशासन सहायक खुशीमाया गुरुङले पनि कोरोना जित्नुभएको छ ।

कोरोना संक्रमणको शंका लागेपछि उहाँले भदौ ११ गते पीसीआर परीक्षण गराउनुभएको थियो । कोरोना संक्रमणपछि लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेशनमा बस्नुभएको थियो । उहाँले कोरोनालाई जितेकोमा निकै खुसी लागेको बताउनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284