ताजा खबर

पत्रकार विरही र सिग्देल पुरस्कृत

   १३ जेष्ठ २०८१, आईतवार १३:१४      263 views

नेपाल पत्रकार महासंघ कास्कीको १७ औं साधारणसभा तथा १२औं अधिवेशनको अवसरमा विभिन्न पुरस्कारबाट पत्रकारहरुलाई सम्मान गरिएको छ ।


पूर्व सांसद तथा समाजसेवी सूर्यबहादुर केसीको परिवारबाट स्थापित ‘कृति स्मृति पत्रकारिता वृत्ति सम्मान’ बाट महासंघका पूर्व केन्द्रीय अध्यक्ष हरिहर विरहीलाई सम्मान गरिएको छ । प्रथम राष्ट्रपति डा. रामवरण यादवले रु. १ लाख ११ हजार राशि रहेको उक्त परस्कारबाट विरहीलाई सम्मान गरेका हुन् । विरही ४४ वर्षदेखि पत्रकारितामा छन् ।


सो अवसरमा पत्रकार श्रीराम सिग्देललाई ‘आर्थिक पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको छ । चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष एवं फेवा पोष्टका सह–सम्पादक सिग्देललाई रु. २० हजार राशी र सम्मानपत्रले सम्मान गरिएको हो ।


यसैगरी शिरोमणि बराल, सुरेन्द्र थापामगर, ज्यो.डा. बलराम उपाध्याय रेग्मी र विश्वप्रकाश लामिछानेलाई दीर्घ पत्रकारिता सम्मान प्रदान गरिएको थियो । विमला भण्डारी नेतृत्वको ३ वर्षे कार्यकालमा उत्कृष्ट कार्यसमिति सदस्यबाट सन्तोष बस्याल नगद रु. १० हजारसहित सम्मानित भए ।


सो अवसरमा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले संविधान र लोकतन्त्रको रक्षक मिडिया भएकाले पत्रकारहरु राजनीतिभन्दा माथि रहेर निष्पक्ष कलम चलाई जनतालाई सुसूचित गर्दै देशलाई सही दिशा तर्फ लान जिम्मेवार भूमिका रहेको बताए ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284