ताजा खबर

परोपकारी काममा रामबजार सोसाइटी युके, संस्था विदेशमा सहयोग नेपालमा

   २० असार २०७६, शुक्रबार १६:३६      1,514 views
जुमकाजी गुरुङ, अध्यक्ष रामबजार सोसाइटी युके
तस्विर मिलन तमू

रामबजार सासाइटी युके सन् २००९ मा स्थापना भएको हो । कास्कीको पोखरा महानगरपालिका १०, १४ (साविक १८) र १५ नम्बर वडाबाट बेलायत आएका नेपालीहरुमा पर्ने समस्यामा मद्दत दिर्ने र पुरानो साथीहरुसँग भलाकुसारी गर्ने उद्देश्यले यो संस्था खडा गरेको थियो । जुन संस्थाका संस्थापकहरु डा.सीबी गुरुङ, रुपक गुरुङ, महेश गुरुङ, दुधराज गुरुङ, वर्षा थापा, रामबहादुर गुरुङ लगायत हुन् । सामुदायिक हितका स्थापित रामबजार सोसाइटी युके १० वर्ष पुरा गरेको छ । वर्तमान नेतृत्व समाजसेवी एवम् सरल व्यक्तित्व तथा तमू धि युकेका उपाध्यक्ष जुमकाजी गुरुङले सम्हालिरहनु भएको छ । उहाँकै नेतृत्वमा भोलि शनिबार ६ जुलाईमा युकेको अल्डरसट स्थित एम्पायर हलमा आयोजना हुने दसौं वार्षिकोत्सव कार्यक्रम लगायत विषयमा बेलायत स्थित वरिष्ठ पत्रकार पूर्ण गुरुङले गर्नुभएको संक्षिप्त कुराकानीको यहाँ प्रस्तुत छ ।

रामबजार सोसाइटी यूकेको दसौं वार्षिकोत्सव कसरी मनाउँदै हुनुहुन्छ ?

रामबजार सासाइटी युकेको १० वार्षिक उत्सव भोलि शनिबार अर्थात ६ जुलाइका दिन अल्डरसट एम्पायर हलमा मनाउन गइरहेका छौं । हामी यसवर्षको वार्षिकोत्सवलाई भिन्नै किसिमले मनाउँदै छौं ।

के के छन् कार्यक्रमका आकर्षण ?

दस वर्ष पुगेको अवसरमा हामीले एउटा स्मारिका प्रकाशन गरेका छौ । त्यसको विमोचन हुनेछ । रामबजार सोसाइटी युकेले गत १० वषमा भएका गतिविधि स्मारिका भित्र राखिएको छ । स्थापना भएको वर्ष रामबजार सोसाइटी यूकेले पोखरा महानगरको १०, १४ र १५ नम्बर वडालाइ सहयोग स्वरुप एउटा एम्बुलेन्स प्रदान गरेको थियो । त्यसलगत्तै एचआइभी ग्रस्त साथीहरुलाइ पौष्टिक आहाराको लागि दुहुुनो भैसी पनि बाँडका थियो । अहिले ज्ञानज्योति वाचनालय पनि स्थापना गरेका छौ । वाचनालय पर्वू अध्यक्ष राम गुरुङ, सनमन गुरुङको सहयोगमा स्थापना ग¥यौ । त्यसका लागि कम्प्युटर पनि दियौ । त्यस्तै युवाहरुलाई केही गरोस् भनेर रामबजार महोत्सव २०७० गरेका थियौं । महोत्सवले धेरै युवाहरुलाई समेटेको थियो । तीन वषसम्म रामबजार सोसाइटी युकेको मद्दतले ने यै वहाँहरुको उत्सव चलेको थिया ।

भ्याली फुटबललाई पनि हामीले मद्दत गर्दै आएका छौ । त्यस्तंै हरेक मठमन्दिरलाई पनि सहयोग गर्दै आयौं । गरिब, असहायहरुलाई रगत जरुरत प¥यो भने हाम्रा साथी मेखबहादुर गुरुङ लगायतलले ५० पोका रगतको प्रबन्ध पनि गरेका थियौ । त्यस्तै कल्याण शेरचन प्रतिष्ठानले गर्ने जति पनि प्रतियोगितात्मक कार्यक्रमहरुमा हामीले पुरस्कार प्रायोजन गरेर मद्दत पु¥यायौं ।

वार्षिकोत्सव कार्यक्रमको सेटअप कसरी गर्दै हुनुहुन्छ ?

कायक्रममा आजीवन सदस्य, उहाँहरुका परिवार, हाम्रा शुभचिन्तकज्यूहरु गरी २ सयभन्दा बढी आउनुहुनेछ । कार्यक्रममा संस्थाको स्मारिका विमोचन हुनेछ । त्यसका अलावा संस्थाको ं तर्फबाट कदर पत्र दिने, सम्मान गर्ने कार्यक्रमहरु समावेश गरिएको छ ।
जेष्ठ नागरिकहरुलाई प्रशंसापत्र वितरण, उच्च शिक्षा प्राप्त गरेका छोराछोरीहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।


कार्यक्रममा गायक कुलेन्द्र बिकले साँङ्गेतिक कार्यक्रम मार्पmत सबैलाई मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ भने हाम्रै आजीवन सदस्यहरुबाट पनि एकदमै मनोरञ्जन प्रदान गर्ने योजना छ ।
स्थानीय हाम्रा कलाकार, कहिले पनि बिसन नहुने श्री दाइ पनि आउँदै हुनुहुन्छ । आजीवन सदस्य दिनेश गुरुङको नृत्य त छँदैछ । आशा छ, तीन घण्टाचाहिँ मनोरञ्जन दिइने छ ।

तपाइहरुको कार्यक्रममा सहभागी हुन र च्यारिटीमा मद्दत गर्न चाहनेहरुको लागिचाहि के छ व्यवस्था ?

मन खोलेर आउँनुहुन्छ भने अवश्य पनि उहाँहरुलाई स्वागत गर्नेछौं । रामबजार सोसाइटी यूकेले राम्रो काम गरेको जस्ता लाग्छ भने जोसुकैले दान दिएर हामीलाई मद्दत गर्न सक्नुहुन्छ । हामील अक्षयकोषको स्थापना गर्ने हो । कार्यक्रम सकिएपछि यो पैसा कहाँ पठाउन भन्ने बारे अवगत गराउने छौ ।

थुप्रै परोपकारी काम गर्ने रामबजार सोसाइटी यूकेका सदस्य कति छन् ?

हाम्रा आजीवन सदस्य मात्रै ९७ जना छन् । सबै परोपकारी काम उहाँहरुबाट नै हुँदै आएको छ ।
यस्ता कामका लागि बाहिरबाट पनि सहयाग उठाउने हुन्छ कि ?
एम्बुलेन्स जस्ता प्रोजेक्टका लागि आजीवन सदस्यहरुबाट उठाएर ग¥यौ । ससाना याजनाका लागि अलि लागिपर्ने १०, १५ जना साथीहरुले हो दिने । यसरी यो संस्था चलिरहेको छ ।

बेलायतमै भएका रामबजारवासीका लागि के गर्नुभयो त ?

यहाँ राम्रा, नराम्रो घटना पर्दा संस्थाबाट के कति सकिन्छ, मद्दत गर्दै आएका छौं । हाम्रा दुई, तीनजना आजीवन सदस्य स्वर्गवास हुनुभयो । त्यसबेला संस्थाबाट मद्दत पु¥याएका थियौ । हाम्रो मुख्य उद्देश्य नेपाललाई नै मद्दत गर्ने हो ।

अन्त्यमा केही भन्नुहुन्छ ?

रामबजार सोसाइटी युके स्थापना भएको १० वर्ष पुगेको अवसरमा च्यारिटी रात्रिभोज आयोजना गरेका छौं । हाम्रा आजीवन सदस्य र उहाँहरुको परिवारलाई निमन्त्रणा गरेका छौ । कार्यक्रममा उपस्थित भएर सव्य र भव्य ढंगाले सफल बनाउने काम तपाईहरुकै हातमा छ त्यसकारण सबैलाई सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


can i take elavil and zoloft together can i take elavil and zoloft together

Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09

how to come off elavil how to come off elavil

Written by how to come off elavil 2025-01-02 18:26:17

amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires

Written by amitriptyline elavil effets secondaires 2025-01-02 03:09:00
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284