
पर्यटकीय गाउँ छोम्रोङमा १७औं तमू ल्होसार मेला सुरु
तमू जातिको नयाँ वर्ष फो ल्होसारको अवसरमा सेञ्चुरी युवा क्लब, छोम्रोङद्वारा आयोजित १७औं तमू ल्होसार मेला सुरु भएको छ । “व्यक्तित्व तथा नेतृत्व विकासका लागि खेलकुद र कला संस्कृतिको संरक्षण” भन्ने मुल नाराका सञ्चालन गरिएको मेला पुस १० गतेसम्म चल्ने छ ।

मेलाको सुभारम्भ गर्दै गण्डकी प्रदेशका सांसद राजीव पहारीले छाम्रोङ र अन्नपूर्ण आधार शिविरको विकास गरी यस क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न विशेष पहल गरिने बताए । उनले सडक विस्तारले पदयात्रा मार्ग छोटिदैं गएको र जलवायु परिवर्तनको असरले हिमालहरु काला पत्थरमा परिणत भएकोप्रति चिन्ता व्यक्त गर्दै त्यसको न्यूनीकरण र वैकल्पिक पदयात्रा मार्गका लागि गुरुयोजना बनाएर अघि बढ्नुपर्ने धारण राखे ।

अन्नपूर्ण गाउँपालिका वडा नं. ११ का अध्यक्ष हिमबहादुर गुरुङले पर्यटन पूर्वाधार विकासका लागि सराकोरवाला निकायको ध्यानाकर्षण गर्दै आएको बताए । ार्यक्रममा अन्नपूर्ण सेन्चुर पर्यटन समितिका अध्यक्ष ललित गुरुङ, स्थानीय धावक अमृत गुरुङ, शनिश गुरुङ लगायतका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

क्लबका अध्यक्ष मिकास गुरुङको सभापत्विमा भएको कार्यक्रममा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय घान्द्रुकका श्याम गुरुङ, मेला संयोजक राजकुमार गुरुङ, छोम्रोङ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान गुरुङ, स्थानिय समाजसेवी नजरमान गुरुङ, क्लबका सचिव दिलिप गुरुङ लगायतका वक्ताहरुले मेलाका विविध पक्षबारे चर्चा गरेका थिए ।

मेलामा पुरुष भलिवलतर्फ १७, पुरुष बास्केटबलतर्फ ११, महिला भलिबल ७ समूहले प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै पौढ भलिबल, रस्सि तान्ने, ठेलो हान्ने जस्ता विभिन्न खेलकुद सँगसगै सास्कृतिक कार्यक्रमहरु समावेश गरिएको मेला संयोजक राजकुमार गुरुङले जानकारी दिए ।
उस्तै खबर





Very good https://is.gd/N1ikS2
Written by Kathleen4171 2025-05-01 14:28:52