ताजा खबर

पर्यटक यातायात व्यवसायीलाई एकदिने स्वास्थ्य सुरक्षा तथा अतिथि सत्कार सम्बन्धी तालिम

   १० श्रावण २०७७, शनिबार १८:४३      1,075 views

नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीले आज आफना व्यवसायी सदस्य, चालक तथा कर्मचारीहरुका लागि एक दिने स्वास्थ्य सुरक्षा तथा अतिथि सत्कार सम्बन्धी तालिम आयोजना गरेको छ ।

नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना भएको तालिमको उद्धघाटन गर्दै प्रमुख अतिथि गण्डकी प्रदेश वन उद्योग तथा पर्यटन मन्त्रालयको भ्रमण वर्ष संयोजक जुद्धबहादुर गुरुङले गण्डकी प्रदेश कोभिड १९ बाट अरु प्रदेश भन्दा सुरक्षित छ भन्ने पहिलो सन्देश चालकहरुबाट पर्यटकलाई दिनुपर्ने बताउनुभयो ।


कोरोना कहरपछि लकडाउनबाट गण्डकी प्रदेशमा मात्रै पर्यटन क्षेत्रको होटल, ट्रेकिङ, प्याराग्लाइडिङ लगायत ३० वटा क्षेत्रमा गरि दैनिक १३ करोड ३४ लाख रुपैँया घाटा रहेको र यसमा पनि ७५ प्रतिशत होटल क्षेत्रलाई घाटा रहेको बताउनुभयो ।

त्यसैले अब प्रदेश सरकारले होटलको मालिकदेखि मजदुरसम्मलाई लाभ हुने कार्यक्रम बनाइ रहेको र त्यो छिटै कार्यन्वयन हुने बताउनुभयो ।

पर्यटनको जुनसुकै क्षेत्रमा पनि प्रदेश सरकार व्यवसायीसँग मिलेर काम गर्न र व्यवसायीलाई सहयोग गर्न तयार रहेको बताउनुभयो ।


अहिले कोभिडले विश्व समुदाय नै थिलथिलमा पारेको भन्दै अब पर्यटन व्यवसाय पहिलेकै अवस्थामा आउन अझै १० वर्ष लाग्ने उहाँको भनाई छ ।


अहिले कोरोनाबाट नेपाल अरु देश भन्दा सुरक्षित रहेको भन्दै यसलाई अझै सुरक्षित बनाउने पहल पर्यटन व्यवसायीले गर्नुपर्ने भन्दै नेपालमा पर्यटनको लिडर पोखरा हो र यहाँ अझै सुरक्षित छ भन्ने सन्देश शुरुमा यसक्षेत्रका पर्यटन व्यवसायीले दिनुपर्ने उहाँले बताउनुभयो ।


कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष चिरञ्जीवि पौडेलले अब सधै व्यवसाय बन्द गरेर बसेर नहुने भन्दै पोखराको पर्यटन क्षेत्रलाई चलायमान बनाउन आफूहरु शुरुमा अन्तिरिक पर्यटकलाई निम्तो दिन लेटस गो पोखरा अभियान गर्ने क्रममा रहेको र त्यसपछि विस्तारै अन्तराष्ट्रिय पर्यटकलाई निम्तो गर्ने बताउनुभयो ।


कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकीका अध्यक्ष बोबरजंग गुरुङले पोखराको टुरिष्ट बसपार्क, एयरपोर्ट लगायतको क्षेत्रमा शुरुमा अतिथिलाई स्वागत गर्नका निम्ती पर्यटक यातायातका चालकहरु पुग्ने भन्दै उनीहरुमा सत्कार र सुरक्षा सम्बन्धी ज्ञान हुन अति आवश्यक रहेकोले आफूहरुले सो तालिम आयोजना गरेको बताउनुभयो ।

गण्डकी प्रदेश सरकारले आगामी दिनमा यहाँका पर्यटन व्यवसायीलाई कुनै पनि अनुदान दिनमा कन्जुस्याई नगर्न समेत उहाँले आग्रह गर्नुभयो ।


उद्घाटन पश्चायतको प्रशिक्षण कार्यक्रममा स्वास्थ्य सुरक्षा सम्बन्धी डा. मुकेश मल्लिक र हस्पिटालिटी सम्बन्धी होटल म्यानेजमेन्ट कलेजका प्राध्यापक समिर बरालले प्राशिक्षण दिनुभएको थियो ।


आज दिनभर तीन चरणमा आयोजना गरिएको प्रशिक्षणमा यस क्षेत्रका करिब ८२ जनाको सहभागिता रहेको संघका अध्यक्ष बोबरजंग गुरुङले जानकारी दिनुभयो ।

साझा गर्नुहोस् : Share It :

आजको खबर

Follow Us


साह्रै मज्जाको लेख, आनन्द आयो, आफ्नै गाँउघर पनि सम्झे । धन्य एकेन्द्र सर

Written by Biswasdip Limbu 2020-05-01 22:46:38

outstanding biography of yukta dai, may him long live

Written by ram chandra gurung 2020-01-08 02:54:15

Great achievement, kudos All Gurungs!!!

Written by Aalok Ghonday Ghotaney Konmey 2019-07-09 20:19:54
Happy New Year

उस्तै खबर

0 टिप्पणी

Leave a Reply


खबरको दुनियाँमा तपाई हाम्रै घर आँगनको साथी

सम्पादक : रोश्मी गुरुङ
डेस्क इन्चार्ज : मिना थापा मगर

वेवसाइट प्रबन्धक: मणी तमु गुरुङ, गुरुङ मल्टीमिडिया

सम्पर्क | Contact Us

Stay connected and report to us!


NayaBazar, Pokhara, Nepal
+977-9846637284