पर्वतका हितकाजी गुरुङ तमू धीं युकेको अध्यक्षमा निर्वाचित
तमू धीं युकेको अध्यक्षमा हितकाजी गुरुङ निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँसंगै २९ जनाको कार्यसमिति निर्वाचित भएका छन् ।
तमू धीं युकेको २०औं साधारणसभा तथा ११औं महाधिवेशनले अध्यक्षमा हितकाजी गुरुङसहित २९ जना सर्वसम्मत निर्वाचित गरेको हो ।
निर्वाचन समितिले भने यसको औपचारिक घोषणा २० डिसेम्बरको दिन सार्वजनिक गर्ने जनाएको छ । नयाँ कार्यसमितिले ल्होसारको दिनमात्रै आफ्नो पदभार ग्रहण गर्ने चलन रहेको तमू धीं युकेले जनाएको छ ।
लण्डनबाट प्रकाशित गोर्खा मिडियाका अनुसार निर्वाचन समितिले दिएको समयअवधिमा अध्यक्ष हितकाजी गुरुङको मात्रै उम्मेदवारी परेकोले उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचन समितिले अन्तिम मनोनयन पत्र सार्वजनिक गरे अनुसार २९ जनाकै कार्यसमिति निर्विरोध भएको हो ।
नेपालका विभिन्न ठाउँबाट स्थायी र अस्थायी रुपमा बेलायतमा गएर बसेका गुरुङहरुको साझा संस्था तमू धीं युकेले मातृभूमि नेपालको स्वास्थ्य, शिक्षा, रोजगार तथा विभिन्न परोपकारी कार्यमा सहयोग पु¥याउँदै आएको तमु धीं का सल्लाहकार एकेन्द्र गुरुङले बताउनुभयो ।
सन् १९९० मा अनऔपचारिक रुपमा स्थापना भएको तमू धी युके सन् २००० मा विधिवत अर्थात औपचारिक रुपमा स्थापना भएको हो । स्थापनाकालदेखि विभिन्न पदमा रहेर हितकाजी गुरुङले सेवा गर्दै आउनुभएको छ ।
संस्थाको स्थापनाको सुरुवातमै सचिव भएर काम गर्नुभएका उहाँले संस्थाको कोषाध्यक्ष, उपाध्यक्ष र बीचमा ८ बर्ष सल्लाहकारको रुपमा रहेर सेवा गर्नुभएको थियो । पछिल्लो ४ कार्यकाल उहाँ उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
पुरानो घर पर्वत भई हाल अल्डरसट युके निवासी हितकाजी गुरुङ सरल तथा हाँसिलो स्वभावको रुपमा चिनिनुहुन्छ ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09