पर्वतको दुर्लुङमा पहिरो जाँदा ८ जनाको मृत्यु, राष्ट्रियसभाका अध्यक्षद्धारा घटनाप्रति दुःख व्यक्त
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नं ३ दुर्लुङमा अविरल वर्षासँगै शनिबार राती गएको पहिरोको स्थलगत अवलोकन गर्नुभएको छ ।
पहिरोमा परि आठ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
अध्यक्ष तिमिल्सिनाले घटना स्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार तथा प्रभावित स्थानीयलाई भेटेर दुःख व्यक्त गर्नुभएको छ ।
सो क्रममा अध्यक्ष तिमिल्सिनाले बेपत्ताको शिघ्र उद्दार, पीडितलाई राहत, पुनःस्थापन तथा पहिरोबाट जोखिममा परेको वरपरको बस्तीको स्थानान्तरण तथा संरक्षणमा तदारुकताका साथ काम गर्न तीनै तहका सरकारलाई आग्रह गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले पहिरोमा परि बेपत्ता भएकाको तुरुन्त उद्दारका लागि रातीदेखि खटिरहनुभएका पर्वत जिल्ला प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीप्रति धन्यवाद व्यक्त गर्नुभयो।
उहाँसँगै पर्वतका प्रतिनिधसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्साल लगायतले घटनास्थलको अवलोकन गर्नुका साथै मृतकका परिवार र जोखिममा रहेका स्थानीयलाई आफूहरुको यस दुःखमा साथ रहने बताउनुभएको थियो ।
आजको खबर
Follow Us
how to come off elavil how to come off elavil
Written by how to come off elavil 2025-01-02 18:26:17
amitriptyline elavil effets secondaires amitriptyline elavil effets secondaires
can i take elavil and zoloft together can i take elavil and zoloft together
Written by can i take elavil and zoloft together 2025-01-04 18:43:09